There are total 5 post.

१५ औँ लेखनाथ महोत्सव २०७५ (पत्रकार समेलन)

१५ औँ लेखनाथ महोत्सव २०७५ (पत्रकार समेलन)
पोखरा, १९ मंसिर । 
                     सात तालको बाटिका शहर लेखनाथमा ‘१५ औँ लेखनाथ महोत्सव’ हुने भएको छ । पुसको ५ देखि १६ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारीलाई तिब्र बनाइएको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । ‘महोत्सव लेखनाथको संस्कृित, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ नाराका साथ हुने महोत्सवमा ३ सय ५० वटा स्टल रहनेछन् । महोत्सवमा रहने स्टलहरु मध्ये ७५ प्रतिशत बुकिङ भइसकेको अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिए । महोत्सवमा स्थानीय उद्योगी व्यवसायीलाई प्राथमिकता दिएर स्टल राखिएको उनले बताए । महोत्सवको ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको महासचिव भरतकुमार अधिकारीले बताए । ‘लेखनाथ महोत्सवमा वर्षेनी दर्शकको उत्साहजनक उपस्थिति रहँदै आइरहेको छ,’ उनले भने, ‘लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सव भनेर ब्राण्डिङ गर्न सफल छौं । यस पटक पनि दर्शकको उल्लेख्य उपस्थिति रहनेमा हामी विश्वस्त छौं ।’ 
                                 महोत्सवमा १५ देखि २० करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरिएको संघका उपमहासचिव तथा प्रचार–प्रसार संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिए । एक करोड २५ लाख रुपैयाँ आम्दानी गरी ९० लाख रुपैयाँ खर्च कटाउँदा ३५ लाख रुपैयाँ बचत गर्ने आयोजकको अनुमानित लक्ष्य छ । बचत रकमबाट कृषि उपज खरिद बिक्री केन्द्रको निर्माण र प्रदर्शनी स्थलको स्तर उन्नति गरिने वरिष्ठ उपाध्यक्ष बलराम ढकालले जानकारी दिए । ‘शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा बचत रकम खर्च गरिन्छ,’ उनले भने । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवलाई एडभान्स ग्रुपको एड्भान्स सिमेन्टले मुख्य प्रायोजन गरेको छ । औद्योगिक उत्पादन तथा हस्तकलाका बस्तुहरुको बजार प्रवद्र्धन गर्ने महोत्सवको लक्ष्य छ । स्थानीय, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान तथा उद्यमशीलता र प्रविधिको हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य बस्तु तथा सेवाहरुको प्रवद्र्धन गरिने निबर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले जानकारी दिए । ‘जातीय भेषभुषा, कला, संस्कृति, रीतिरिवाजको जगेर्नामा टेवा पु¥याउँदै आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनमा पनि महोत्सव सहयोगी हुनेछ,’ उनले भने । कवि शिरोमणि लेखनाथ पौड्यालको सम्मानमा महोत्सवका अवसरमा देशव्यापी खुल्ला कविता प्रतियोगिता आयोजना गरिने भएको छ । 
                                  गण्डकी तारा गायन प्रतियोगिता, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी कार्यक्रम पनि महोत्सवको आकर्षण बन्नेछ । रत्यौली गीत प्रतियोगिता, पप कन्सर्ट, विद्यालय स्तरीय नृत्य प्रतियोगिता पनि महोत्सवमा समावेश गरिएको छ । महोत्सवलाई व्यवस्थित गरी सफल बनाउन १ सय ३३ सदस्यीय कार्यसम्पादन समिति चयन गरेर तयारीलाई तिब्र बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । ८ सदस्यीय निर्देशन समिति र २५ सदस्यीय सल्लाहकार समितिसहित ४० वटा विभिन्न उपसमितिहरु चयन भएका छन् । 
Read More

१५ औ सस्करणको लेखनाथ महोत्सव पुसको ५ देखी

१५ औ सस्करणको लेखनाथ महोत्सव पुसको ५ देखी


कास्की, २७ कार्तिक ।
गण्डकी प्रदेशको आर्थीक तथा समृद्धिमा सहयोग पु¥याउने उद्देश्यले १५ औं सस्करणको लेखनाथ महोत्सव आगामी पुस ५ देखि १६ गते सम्म हुने भएको छ ।
लेखनाथ उद्योग बाणिज्य संघ र नेपाल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा संघको स्थायी प्रदर्शनी केन्द्र डाडाकोनाकमा हुने महोत्सवका बारेमा मंगलवार राखिएको छलफल कार्यक्रममा महोत्सवलाई सफल पार्न सवैले आ आफनो क्षेत्रबाट सहयोग गर्न आग्रह गरिएको हो ।
महोत्सवको आयोजक लेखनाथ उद्योग बाणिज्य संघ भए पनि यो महोत्सव सवै सवैका लागि भएकाले उत्पादक र उपाभोक्तालाई एउटै थोलोमा जम्मा गरि आर्थीक गतिविधीलाई प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागेको संघका अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिएका छन् ।
कार्यक्रममा संघका पुर्व अध्यक्ष चतुराखर अधिकारी, गण्डकी प्रदेश ट्राफिक कार्यालायका प्रमुख प्रहरी उपरिक्षक विरेन्द्र कुमार वस्याल, ईलाका प्रशासन कार्यालय खुदीका प्रमुख चित्राङत बराल, डाडाकोनाक प्रहरीचौकीका प्रमुख प्रहरी नायव निरिक्षक मोहन बहादुर खाँड, वडा नं २७ का वडाध्यक्ष पुर्णकुमार गुरुङ, आदीवासी जनजाती महासंघ कास्कीका संयोजक जंगबहादुर गुरुङ, नेपाल दशनामी समाजका क्षेत्रिय संयोजक मोती गिरी र ङएयो तमु धि लेखनाथका अध्यक्ष मानबहादुर गुरुङ लगाएतले १५ औ लेखनाथ महोत्सवलाई भब्य र सभ्यताका साथ सफल पार्न सबैको साथ सहयोग आवश्यक पर्नेमा जोड दिएका थिए ।
संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको छलफल कार्याक्रमको संचालन महासचिव भरतकुमार अधिकारीले गरेका थिए भने धन्यवाद ज्ञापन संघका बरिष्ठ उपाध्यक्ष बलराम ढकालले गरेका थिए ।

Read More

भ्रमणको हार्दिक शुभकामना

भ्रमणको हार्दिक शुभकामना
नेपाल उद्योग वाणिज्य महासंघद्धारा २०७५ आश्विन १२ गते देखि आयोजना गरिएको युरोप भ्रमणमा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्री लक्ष्मीप्रसाद त्रिपाठीज्यू सहभागि हुनुभएकोमा नेउवा महासंघ प्रति हार्दिक आभार व्यक्त गर्दै, सम्पूर्ण भ्रमण टोलिलाई यस संघको तर्फबाट हार्दिक बधाई तथा भ्रमण उपलव्धीमुलक बनोस् हार्दिक शुभकामना तथा शुभयात्रा  ।

Read More

लेखनाथ उद्योग वाणिज्य संघको २१ औं साधारण सभा तथा ११ औं महाधिवेशन

लेखनाथ उद्योग वाणिज्य संघको ११ औं महाधिवेशन तथा २१ औं साधारण सभा २०७४ असोज ७ गते शनिवार सम्पन्न भयो । उक्त कार्यक्रमका प्रमुख अतिथि एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री माननीय यज्ञ बहादुर थापाले उद्घाटन गर्दै मन्त्रि थापाले देशको आर्थिक संमृद्धिका लागि अर्थतन्त्र बलियो हुनुपर्ने बताउनुभएको थियो । उहाँले उत्पादनशील क्षेत्रमा लगानी बढाउदै पुँजी निर्माण तर्फ अग्रसर हुन व्यवसायीलाई आग्रह गर्नुभएको थियो । निजी क्षेत्रको सहयोगले मात्र देशको अर्थतन्त्र बलियो हुनेमा जोड दिदैँ मन्त्री थापाले स्वदेशमा नै रोजगारीका अवसर सृजना गर्न सक्ने हो भने देशलाई गरिबवीको चपेटाबाट मुक्त गर्न सिकने बताउनुभएको थियो । यो वर्ष कानुन निर्माण र निर्वाचनको वर्ष भएकाले संविधानको सही कार्यान्वयन प्रति देश आर्थिक समृद्धिको बाटो तर्फ उन्मुद हुने उहाँको भनाई रहेको थियो । मन्त्री थापाले पोखरा प्रदेश ४ को राजधानी भएकोे यसको कुनै विवाद नभएको स्पष्ट पार्दै प्रदेशका लागि आवश्यक पर्ने अन्तराष्ट्रिय सम्मेलन केन्द्र पोखरा २६ को सिलिङ बगैचामा निर्माण गर्न र गगनगौडामा क्षेत्रीय स्तरको बसपार्क निर्माण गर्न सरकारको तर्फबाट सक्दो पहल भएको उहाँले जानकारी दिनुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले अब राजनीतिक क्रान्ति सकिएकाले अािर्थक क्रान्तिका लिागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो । स्वदेशमा नै रोजगारीका अवसर सृजना गरी विदेशिने युवालई देशमा नै रोजगारी दिनेतर्फ तयार रहनु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्र भनिए पनि सरकारको तर्फबाट लगानीमैत्री वातावरण सृजना नहुँदा भएका उद्योगधन्दा पनि धरासायी अवस्था रहेको गुनासो पोख्नुभएको थियो । महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधानले देशको अस्थिर राजनीतिकले व्यवसायी मर्कामा परेको बताउनुभएको थियो ।
क्षेत्रिय प्रशासक लक्ष्मण अर्यालले देशको अर्थतन्त्रलाई बलियो बनाउन सार्वजनिक साझेदारीको मोडलबाट अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभएको थियो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले लेखनाथ नगर क्षेत्रको विकासका लागि संघको तर्फबाट इलाका प्रशासन कार्यालय, नापी तथा मालपोत र सुरक्षाका सवालमा आवाज उठाएकाले र भविष्यमा प्रदेशको मुख्य केन्द्र पनि लेखनाथमा हुनुपर्ने माग लिएर अगाडि बढिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठ, नेपाली काँग्रेसका नेता राजेन्द्रमणि लामिछाने, नेकपा एमालेका शंकरप्रसाद पौडेल, नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने, उद्योग वाणिज्य महासंघ प्रदेश ४ का संयोजक सञ्जिवबहादुर कोइराला, लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य र महिलाहरुको तर्फबाट जानुका अधिकारी लगायतले मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको संचालन महासचिव छत्रधर आत्रेय र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा लेखनाथ पत्रकार मञ्चले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा संघको तर्फबाट ११ हजार एक सय ११ रुपैयाँ बरावरको चेक मञ्चका अध्यक्ष भिमपाणि बराललाई मन्त्री थापाले हस्तान्तरण गर्नुभएको थियो ।
Read More

प्रमुख जिल्ला अधिकारीलाई लेखनाथ उद्योग वाणिज्य संघद्धारा स्वागत तथा छलफल कार्यक्रम

प्रमुख जिल्ला अधिकारीलाई लेखनाथ उद्योग वाणिज्य संघद्धारा स्वागत तथा छलफल कार्यक्रम
लेखनाथ उद्योग वाणिज्य संघले कास्की जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी चक्रवहादुर बुढाको सम्मानमा विहिवार स्वागत तथा छलफल कार्यक्रमको आयोजना भयो ।
विहिवार आयोजना गरिएको स्वागत तथा परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रवहादुर बुढाले वोल्दै शान्ति सुरक्षाको सवालमा आफुले कुनै किसिमको सम्झौता नगर्ने, राजनैतिक, ठुलाबडा तथा पहुचवाला भनेर कुनै किसमको छुट नहुने वताउनुभएको छ । पर्यटकिय नगरी कास्कीमा व्यवसायीक, औद्योगिक र पर्यटकीय विकास तथा उत्थानका लागि भरपर्दो सुरक्षा र शान्ति प्रदान गर्न आफु लागिरहेको साथै जिल्लामा शान्ति—सुरक्षा, अमन—चयन कायम गर्न सम्पुर्ण नागरिकको साथ र सहयोगले मात्र सम्भव हुने वताउनुहुदै घर तथा व्यवसायमा सि.सि क्यामराको जडानबाट सहज हुने बताउनुभएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीको अध्यक्षतामा आयोजना गरिएको स्वागत तथा परिचयात्मक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गंगा वहादुर क्षेत्री, इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्राङ्गत बराल, राष्ट्रिय अनुसन्धान कास्कीका एस.पि. भुमि पाठक, संघका पदाधिकारी, कार्यसमिति सदस्य, लेखनाथका संघसंस्थाका प्रमुख, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पुर्व अध्यक्ष सुमन भट्टराई, बावुराम गिरी, वडा नं २७ का वडाध्यक्ष पुर्णकुमार गुरुङ, वडा नं २८ का वडाध्यक्ष निर्मल दियाली, वडा नं २९ का वडाध्यक्ष चेतवहादुर गुरुङ, वडा नं ३० का वडाध्यक्ष श्रीराम पोख्रेल, वडा नं ३२ का वडाध्यक्ष अक्कल वहादुर कार्की, लेखनाथ सामुदायिक प्रहरी कार्यालयका अध्यक्ष ज्ञानेन्द्र बजगाई, आदिबासी जनजाती महासंघ लेखनाथका अध्यक्ष जंङवहादुर गुरुङ लगायतले प्रमुख जिल्ला अधिकारीलाई यस क्षेत्रमा स्वागत गर्नुहुदैं कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो भने यस क्षेत्रमा देखिएको यातायात क्षेत्रको समस्या, उद्योगी व्यवसायी तथा जनमानसको शान्ति सुरक्षा, बड्दो लागुऔषध तथा अपराधिक कृयाकलापको नियन्त्रण र शान्ति सुव्यवस्थाको लागि माग राख्दै यसमा जोड दिनुभएको छ ।
संघका महासचिव भरतकुमार अधिकारीले संचालन गर्नुभएको उक्त कार्यक्रममा धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष छत्रधर आत्रेयले गर्नुभएको थियो


Read More

© Copyright Lekhnath Chamber of Commerce and Industry 2018