News and Events

लेखनाथ उद्योग वाणिज्य संघद्धारा ईलाम उद्योग वाणिज्य संघलाई स्वागत - लेखनाथ ६, असार

विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा लेखनाथ आईपुगेको ईलाम उद्योग वाणिज्य संघको भ्रमण टोलीको सम्मानमा लेखनाथ उद्योग वाणिज्य संघले स्वागत एवं छलफल कार्यक्रमको आयोजना गर्यो ।
 
लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको सभापतित्वमा आयोजना गरिएको सो स्वागत कार्यक्रममा भ्रमण टोलीनेता तथा ईलाम उद्योग वाणिज्य संघका अध्यक्ष शुशिला सापकोटाले भ्रमणको उद्देश्य र संघका क्रृयाकलापहरुका वारे चर्चा गर्नु भएको थियो ।
 
कार्यक्रमका सभापति एवं लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष त्रिपाठीले आफ्नो संघका गतिविधिहरु, संघका आयआर्जन, मेला महोत्सव लगायत संघले खेलेको भुमिकाका वारेमा चर्चा गर्नु भएको थियो ।
पचभैया होम स्टे व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लम्सालले होम स्टेका वारेमा जानकारी गराउनुभएको थियो ।
संघको एक आपसको कार्यशैली र अनुभवको आदान प्रदान, संस्थागत बिकास, मेला महोत्सव, एक गाउ एक उत्पादन कार्यक्रम, स्थानिय विकास कार्यक्रम, लगायत विभिन्न कार्यक्रम उद्योग वाणिज्य संघहरुको स्थायी आर्थिक श्रोत जस्ता विषयमा केन्द्रित भई भ्रमण टोलिका सदस्यहरुले राखेका विभिन्न जिज्ञासाहरुको वारेमा दुवै संघवाट छलफल भएको थियो ।
 
लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव भरतकुमार अधिकारीले संचालन गर्नु भएको सो कार्यक्रमा लेखनाथ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष कृष्णहरी भण्डारीले धन्यवाद मन्तव्य व्यक्त गर्दै आगामी दिनमा यस किसिमको भ्रमण कार्यक्रमले दुई संघ विचको सम्वन्ध अझ सुमधुर हुदै जाने वताउनु भयो ।

© Copyright Lekhnath Chamber of Commerce and Industry 2018