News and Events

प्रदेश नं ४ को प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव 2074 को तयारी तिब्र

प्रदेश नं ४ को प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव 2074 को तयारी तिब्र

“महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन, विकास र संमृद्धि” भन्ने मूल नाराका साथ विगत २०६१ साल देखि निरन्तर आयोजना हुँदै आएको लेखनाथ महोत्सव यस वर्ष प्रदेश नं ४ को प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव २०७४ को रुपमा संचालन हुने भएको छ । नेपालकै उत्कृष्ट महोत्सवको रुपमा पहिचान बनाएको लेखनाथ महोत्सवले यस वर्षदेखि पोखरा लेखनाथ महानगरपालिका वडा नं २७, तालचोकमा १० वर्षका लागि भाडामा लिएको जग्गामा यहि माघ ११ गते देखि २२ गते सम्म आयोजना गर्न लागेको छ ।

१३ औं संस्करणसम्म आईपुग्दा कहिले आवास नगर कहिले भण्डारढिक खेलमैदान त कहिले तालचोकको खेतका गरामा आली फोरेर महोत्सव गर्दै आएको लेखनाथ उद्योग बाणिज्य संघले अवको १४ औं लेखनाथ महोत्सवलाई १० वर्षका लागि भाडामा लिएको ५३ रोपनी जग्गामा गर्ने भएको हो । महोत्सवका साथमा बार्षिक रुपमा कुनै न कुनै गतिविधीहरु गर्ने गरी संघले १० वर्षका लागि तालचोकमा हरिकुमार श्रेष्ठ,ढाका कुमार श्रेष्ठ,प्रेम कमार श्रेष्ठको ३८ रोपनी र अन्य जग्गा धनीको करिव १५ रोपनी जग्गा भाडामा लिई महोत्सवको तयारीलाई अगाडि वढाएको जग्गा ब्यवस्थापन समितिका संयोजक तथा संघका कार्यसमितिका सदस्य उपेन्द्रराज सुुवेदी राजुले जानकारी दिएका छन् ।

महोत्सवको तयारी तिब्र गतिमा भईरहेको र यसै शिलशिलामा संघका अध्यक्ष एवं महोत्वका मूल संयोजक कृष्णहरी भण्डारीको नेतृत्वमा संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, कोषाध्यक्ष राजेन्द्र ओझा र सल्लाहकार नेत्रपाणी बास्तोला सहितको एक टोलि सोमबार काठमाडौं प्रस्थान गरेको छ । उक्त टोलिको मुख्य उद्देश्य नेपाल उद्योग वाणिज्य महासंघमा महोत्सव सम्वन्धि भेटघाट गर्नुका साथसाथै विभिन्न सरकारी कार्यालय तथा प्रतिष्ठित कम्पनीमा आफ्नो भेटघाट गर्ने र प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सवको प्रचार प्रसार गर्ने रहेको अध्यक्ष भण्डारीले बताएका छन ।

© Copyright Lekhnath Chamber of Commerce and Industry 2018