News and Events

लेखनाथ महोत्सव 2074 का लागि स्थायी पास विक्रि शुरु

लेखनाथ महोत्सव 2074 का लागि स्थायी पास विक्रि शुरु

लेखनाथ उद्योग बाणिज्य संघको आयोजना र स्थाीनय सामाजीक संघ सस्थाको सहकार्यमा हुन लागेको प्रादेशिक औद्योगिक व्यापार मेला तथा १४ औं सस्करणको लेखनाथ महोत्सवका लागि स्थायी पास विक्रि शनिवार देखि खुल्ला भएको छ ।

महोत्सव लेखनाथको सस्कृति स्थानीय उत्पादन विकास र संवृद्धी भन्ने मूल नाराका साथ माघ ११ गतेदेखी २२ गतेसम्म पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. २७ नयाँ ठाउ तालचोकमा हुने व्यापार मेला तथा महोत्सवका लागि १२ दिनका लागि एउटै पासले काम गर्ने गरि तयार पारिएको स्थायी पासको विक्री वितरण सुरु गरिएको संघका उपमहासचिव एंवम् प्रचार प्रसार संयोजक गोपिचन्द्र वास्तोलाले जानकारी दिएका छन् ।

फोटो सहितको स्थायी पासका लागि खरिद कर्ताले रु दुइ सय ५० मात्र तिरे हुने गरि ब्यवस्थापनका लागि लेखनाथ सामुदायिक सेवा केन्द्रले कामलाई अगाडी वढाएको सेवा केन्द्रका अध्यक्ष ज्ञानेन्द्र बजगाईको भनाई रहेको छ ।

लेखनाथ महोत्सवको प्रबेश टिकटको लागि रु ६० र विद्यार्थी सहुलियतमा रु ४० तिर्नु पर्ने ब्यबस्था भए पनि स्थायी पास बनाउन चाहानेले एक मुस्ठ रु दुई सय ५० तिरेपछि महोत्सव अबधिभर मेलाको अध्ययन अबलोकन गर्न पाउने ब्यवस्था मिलाईएको संघका महासचिव भरतकुमार अधिकरी बताउछन् ।

गत बर्षको तुलनामा यस बर्ष फराकिलो ठाँउमा हुन लागेको महोत्वसमा राखिएका बिभिन्न विधा अन्तरगत कबि शिरोमणिको सम्झनामा राखिएको कविता प्रतियोगिता, गण्डकी तारा एकल नृत्य र विद्यालय स्तरिय खुल्ला गायन तथा नृत्य प्रतियोगितका लागि पनि सहभागीहरुले नाम दर्ता गराईरहेका छन् ।

महोत्सवको पनि महोत्सवका रुपमा चिनिदै आएको लेखनाथ महोत्सव अन्तरगत राखिएको कविता बाचन प्रतियोगिता माघ ६ गते ,गण्डकी ताराको पहिलो चरणको छनोट कार्यक्रम माघ ९गते र विद्यालय स्तरिय एकल गायन तथा नृत्य प्रतियोगिताको पहिलो अडिसन पनि माघ ९ गते नै हुने प्रतियोगिताका संयोजक ऋषिराम जमरकट्टेल र उपेन्द्रराज सुवेदीले जानकारी दिएका छन् ।

© Copyright Lekhnath Chamber of Commerce and Industry 2018