News and Events

प्रादेशिक व्यापार मेला तथा १४ औं लेखनाथ महोत्सव 2074 शुरु

प्रादेशिक व्यापार मेला तथा १४ औं लेखनाथ महोत्सव 2074 शुरु

                लेखनाथ, ११ माघ । लेखनाथ उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आजदेखि पोखरा–लेखनाथ महानगरपालिकाको तालचोकमा प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव शुरु भएको छ ।

“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन ,विकास र सम्वृद्धि” भन्ने मूल नाराका साथ शुरु गरिएको महोत्सवमा कृषि, हस्तकला, मेशिनरी, कर्पोरेट,अटो, जनरल,फेन्सी, गार्मेन्ट, डेरी लगायतका करिव तिन सय ५० वटा स्टल राहेका छन् । औद्योगिक उत्पादन ,घरेलु तथा साना उद्योग र हस्तकलाका वस्तुहरुको वजार प्रवद्र्धन, स्थानीय उत्पादन, आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाको वजारीकरण गर्ने महोत्सवको मूल उद्धेश्य रहेको छ ।

महोत्सवको थप आकर्षणका लागि वाल उद्यान, खाना महोत्सव म्यूजिक कन्सर्ट,राष्ट्रिय लोक दोहारी कार्यक्रम, शैक्षिक गतिविधिहरुको प्रस्तुती, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, विद्यालयका छात्रछात्राहरुको नृत्य र गायन जस्ता कार्यक्रम राखिएका छन् । महोत्सव अवधिभरी तीन लाख दर्शकहरुले अवलोकन गर्ने र करिव १५ देखि २० करोड वरावरको आर्थिक कारोवार हुने पअपेक्षा गरिएको छ । महोत्सवमा करीव रु एक करोड आम्दानी र ८० लाख खर्च भई रु .२० लाख वचत हुने अनुमान गरिएको छ ।

महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले राजनैतिक क्रान्ति सकिएकोले अव सवै दलहरु आर्थिक सम्वृद्धि र विकास अग्रसर हुनु पर्नेमा जोडएका थिए । अव वन्ने नयां सरकारले परिवर्तनको महशूस हुने गरि काम गर्ने विश्वास व्यक्त गर्दै साविक लेखनाथ नगरपालिकामा प्रादेशिक सभाहल वनाउन आपूले प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

© Copyright Lekhnath Chamber of Commerce and Industry 2018