News and Events

लेखनाथ उद्योग वाणिज्य संघको २१ औं साधारण सभा तथा ११ औं महाधिवेशन

लेखनाथ उद्योग वाणिज्य संघको ११ औं महाधिवेशन तथा २१ औं साधारण सभा २०७४ असोज ७ गते शनिवार सम्पन्न भयो । उक्त कार्यक्रमका प्रमुख अतिथि एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री माननीय यज्ञ बहादुर थापाले उद्घाटन गर्दै मन्त्रि थापाले देशको आर्थिक संमृद्धिका लागि अर्थतन्त्र बलियो हुनुपर्ने बताउनुभएको थियो । उहाँले उत्पादनशील क्षेत्रमा लगानी बढाउदै पुँजी निर्माण तर्फ अग्रसर हुन व्यवसायीलाई आग्रह गर्नुभएको थियो । निजी क्षेत्रको सहयोगले मात्र देशको अर्थतन्त्र बलियो हुनेमा जोड दिदैँ मन्त्री थापाले स्वदेशमा नै रोजगारीका अवसर सृजना गर्न सक्ने हो भने देशलाई गरिबवीको चपेटाबाट मुक्त गर्न सिकने बताउनुभएको थियो । यो वर्ष कानुन निर्माण र निर्वाचनको वर्ष भएकाले संविधानको सही कार्यान्वयन प्रति देश आर्थिक समृद्धिको बाटो तर्फ उन्मुद हुने उहाँको भनाई रहेको थियो । मन्त्री थापाले पोखरा प्रदेश ४ को राजधानी भएकोे यसको कुनै विवाद नभएको स्पष्ट पार्दै प्रदेशका लागि आवश्यक पर्ने अन्तराष्ट्रिय सम्मेलन केन्द्र पोखरा २६ को सिलिङ बगैचामा निर्माण गर्न र गगनगौडामा क्षेत्रीय स्तरको बसपार्क निर्माण गर्न सरकारको तर्फबाट सक्दो पहल भएको उहाँले जानकारी दिनुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले अब राजनीतिक क्रान्ति सकिएकाले अािर्थक क्रान्तिका लिागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो । स्वदेशमा नै रोजगारीका अवसर सृजना गरी विदेशिने युवालई देशमा नै रोजगारी दिनेतर्फ तयार रहनु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्र भनिए पनि सरकारको तर्फबाट लगानीमैत्री वातावरण सृजना नहुँदा भएका उद्योगधन्दा पनि धरासायी अवस्था रहेको गुनासो पोख्नुभएको थियो । महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधानले देशको अस्थिर राजनीतिकले व्यवसायी मर्कामा परेको बताउनुभएको थियो ।
क्षेत्रिय प्रशासक लक्ष्मण अर्यालले देशको अर्थतन्त्रलाई बलियो बनाउन सार्वजनिक साझेदारीको मोडलबाट अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभएको थियो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले लेखनाथ नगर क्षेत्रको विकासका लागि संघको तर्फबाट इलाका प्रशासन कार्यालय, नापी तथा मालपोत र सुरक्षाका सवालमा आवाज उठाएकाले र भविष्यमा प्रदेशको मुख्य केन्द्र पनि लेखनाथमा हुनुपर्ने माग लिएर अगाडि बढिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठ, नेपाली काँग्रेसका नेता राजेन्द्रमणि लामिछाने, नेकपा एमालेका शंकरप्रसाद पौडेल, नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने, उद्योग वाणिज्य महासंघ प्रदेश ४ का संयोजक सञ्जिवबहादुर कोइराला, लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य र महिलाहरुको तर्फबाट जानुका अधिकारी लगायतले मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको संचालन महासचिव छत्रधर आत्रेय र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा लेखनाथ पत्रकार मञ्चले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा संघको तर्फबाट ११ हजार एक सय ११ रुपैयाँ बरावरको चेक मञ्चका अध्यक्ष भिमपाणि बराललाई मन्त्री थापाले हस्तान्तरण गर्नुभएको थियो ।

© Copyright Lekhnath Chamber of Commerce and Industry 2019