There are total 10 post.

लेखनाथ महोत्सवको हिसाव सार्वजनीक

लेखनाथ उद्योग बाणिज्य संघले आयोजना गरेको एघारौं संस्करणको लेखनाथ महोत्सवबाट ४१ लाख ७३ हजार २ सय ३ रुपैया बचत भएको छ । दशौं संस्करणसम्मका महोत्सवमा भन्दा यसपाली सर्वाधिक बढी रकम बचत भएको हो ।
महोत्सवमा एक करोड १० लाख ५२ हजार ५१ रुपैया आम्दानी भएकोमा ६८ लाख ७८ हजार ८ सय ४८ रुपैया खर्च भएको शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
मंसिर १८ गते देखी २९ गतेसम्म लेखनाथको प्रस्तावित रंगशाला भण्डारढिकमा आयोजना गरिएको महोत्सवको आम्दानी मध्ये २५ लाख रुपैया संघको कार्यालय भवनमा एक सुविधासम्पन्न सेमिनारहल निर्माणमा खर्च गरिने संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक बाबुराम गिरीले जानकारी दिनु भयो ।
यसैगरी महोत्सवस्थल प्रस्तावित रंगशालालाई स्थायी प्रदर्शनी केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले संरक्षण एवं पर्खाल निर्माणका लागि ६ लाख रुपैया विनियोजन गरिएको छ । आदर्श युवा क्लवको अगुवाईमा रंगशालाको सुधार कार्य भैरहेको छ ।
महोत्सवबाट भएको आम्दानी बाटै सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न गतिविधि संचालन गर्न ८ लाख रुपैया खर्च गरिने कोषाध्यक्ष छत्रधर आत्रेयले जानकारी दिनु भयो । महोत्सवमा खर्चमा मितव्ययीता अपनाइएका कारण आम्दानीमा बृद्धि भएको आत्रेले बताउनु भयो ।
महोत्सवबाट भएको आयको कर तिर्न संघले लेखनाथ महोत्सवका नाउँमा स्थायी लेखा नम्बर लिएर ५३ हजार रुपैया मध्ये १४ हजार रुपैया लेखनाथ नगरपालिका र बाँकी रकम आन्तरिक राजश्व कार्यालय पोखरामा दाखिला गरिएको संघका महासचिव बलराम ढकालले जानकारी दिनु भयो ।
संघका अध्यक्ष बाबुराम गिरीको अध्यक्षतामा भएको महोत्सवको आय व्यय सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले महोत्सवलाई परिमार्जन गरी अघि वढाउन सुझाव दिएका थिए । उनिहरुले महोत्सवको विकल्प नभएकोमा जोड दिदै, त्यसलाई व्यवस्थित र आधुनिक तवरले संचालन गर्न आग्रह गरे ।
कार्यक्रममा संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेम नारायण न्यौपाने लगायतले अन्यत्रका महोत्सव भन्दा लेखनाथको महोत्सव सफल भएको पुष्टि राम्रो आम्दानीले गरेको बताएका थिए । संघले १२ औं संस्करणको महोत्सव आगामी मंसिरको अन्तिम साता गर्ने तयारी गरेको छ ।
Read More

लेखनाथ उद्योग वाणिज्य संघका महिला उद्यमी अध्ययन अवलोकन भ्रमणमा ः

उद्योग वाणिज्य संघका महिला उद्यमीले गरेका गतिविधि अवलोकन गर्नकालागि महिला उद्यामी संयोजक गिता सुवेदीको संयोजकत्वमा लेखनाथ उद्योग वाणिज्य संघका २५ सदस्यीय महिला उद्यमीको टालि आज दिन गोरखा उद्योग वाणिज्य संघमा पुगेको छ । गोखरा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवण कुमार जोसी को अध्यक्षतामा भएको स्वगात कार्यक्रममा गोरखा उवा संघकी महिला उद्यमी देवु माक्के ले आफ्ना गतिविधि र गोरखामा भएका सिपहरुको जानकारी गराउनु भएको थियो । लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मी त्रिपाठीले भ्रमण उद्देश्य वारे जानकारी तथा संयोजक गिता सुवेदीले लेखनाथमा भएका महिला उद्यमीका क्रियाकलापका वारेमा जानकारी गराउनु भएको उक्त कार्यक्रममा गोरखा उद्योग वाणज्य संघका प्रथम उपाध्यक्ष जिवन ज्योती श्रेष्ठ ले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
उक्त भ्रमण टोलीले आइतवार गोरखा उद्योग वाणिज्य संघका महिला उद्यमीले गरेका गतिविधीको अध्यया अवलोकन गर्ने छन, भने सोमवार रत्ननगर र मकवानपुर उद्योग वाणिज्य संघको अवलोकन गर्ने छन ।
उक्त भ्रमण टोलिमा लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, कार्यसमिति सदस्य प्रशान्तराज धमला संघकी सहायक अधिकृत पवित्रा श्रेष्ठ, महिला उद्योगी व्यवसायीहरु, पत्रकार को सहभागिता रहेको छ ।
Read More

विकासमा सकरात्मक प्रतिस्पर्धाले राम्रो प्रतिफल आउदछ प्रशाशक थपलिया

पश्चिमाञ्चल क्षेत्रिय प्रशाशक दिनेश कुमार थपलियाले विकासको सकरात्मक प्रतिसप्रर्धाले रामो प्रतिफल आउने धारणा राखेका छन ।

लेखनाथ उद्योग वाणिज्य संघले सोमवार पोखरा उपत्यकाको वृहत्तर विकासका लागि राखेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा वोल्दै प्रशाशक थपलियाले विकास प्रतिको चाहना नै राम्रो पक्ष हो जसका लागि सझेदारी र सहकार्यता आवश्यकता छ उहांको भनाई थियो ।

विकास र शान्ति सुरक्षालाई सगसगै लैजानु पर्छ जसका लागि प्रशाशनिक तवरले सुरक्षा दिन आफुहरु तयार रहेको कुरा वताउदै समग्र पोखरा उपत्यकाको वृहत्तर हित हुने योजना ल्याउनका लागि सहभागिहरुलाई प्रशाशक थपलियाको आग्रह थियो ।

यस क्षेत्रको विकासका लागि कोही कसैले विवाद सृजना गरेपनि यही फागुन मसान्त भित्रमा अन्तराष्ट्रिय विमान स्थलको सिलन्यास हुने चैत्र मसान्त भित्रमा टेण्डर आव्हान गरि वैशाख देखी निर्माण कार्य शूरु हुने वताउनुभयो ।

सोही अवसरमा वोल्दै पश्चिमाञ्चल प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक पंकज श्रेष्ठले शान्ति सुरक्षा विना उद्योग कलकारखानाको पनि विकास हुन नसक्नेमा जोड दिदै व्यवसायीक सुरक्षाको हितका लागि प्रशाशनिक तवरले शान्ति सुरक्षा दिन आफुहरु तयार रहेको कुरा वताए ।

कार्यक्रममा लेखनाथ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले लेखनाथको विकासको लागि कुरा मात्र होईन काम गरेर देखाउने समय आएको छ जहां सामुहिक एकता र सहकार्य चाहिन्छ उनको भनाई थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै  अध्यक्ष गिरीले समग्र पोखरा उपत्यकाको विकाका लागि लेखनाथ १३ मा पोखरा राष्ट्रिय बस टर्मिनल निर्माण र लेखनाथ ११ पचभैयामा व्यवस्थीत चिडिया घर निर्माणको कार्य तिव्र्र रुपमा अगाडी वढेको हुदा यसलाई निरन्तरता दिनका लागि आग्रह गर्नूभयो । 

सं्रघका महासचिव वलराम ढकालले संचालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै कार्यक्रममा हालै सेवाको क्रममा सरुवा भई पोखरामा आउनुभएका सुरक्षा निकायका उच्च पदस्थ अधिकृतहरुको स्वागत समेत गरिएको थियो ।
Read More

३ महिने बुटिक डिजाईनिङ शिप विकास तालिम सम्पन्न

लेखनाथ उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग कार्यालय, कास्कीको संयुक्त आयोजनामा संचालित तिन महिने बुटिक डिजाइनिङ शिप विकास तालिमको एक भव्य समारोह विच समापन गरिएकोे छ ।
 
कार्यक्रमका प्रमुख अतिथि एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कृष्णप्रसाद आचार्यले तालिमका सहभागिहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नुहुदैं सवै सहभागीहरुले स्वयं आत्मनिर्भर हुन रं सवैले सिकेको कुरालाई व्यवहारमा उतारी व्यवसायी वन्नका लागि आग्रह गर्नुभएको थियो ।

त्यसै गरि कार्यक्रमका विशिष्ट अतिथि एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बावुराम गिरीले सवैलाई व्यवसायीक तर्फ उन्मुख हुन र आफ्नो शिपको माध्ययमबाट आयआर्जन गर्न यस तालिम फलदायी हुने विश्वास राख्नुहुदैं सवैलाई शुभकामना दिनुभएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघकी महिला उद्यमी विकास उपसमिति संयोजक एवं कार्यसमिति सदस्य गितादेवी सुवेदीको अध्यक्षतामा आयोजना गरिएको समापन कार्यक्रममा प्रगतिशिल महिला समुहकी अध्यक्ष इन्दिरा तिवारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, नेपाली कांग्रेस नगर उपसभापति डम्बर वहादुर थापा, नेकपा एमालेका अध्यक्ष मोहन गुरुङ, जिविस उपसमिति महिला उपाध्यक्ष तारादेवी अधिकारी, नेपाली काग्रेस वडा सचिव गजेन्द्र च्वाई, लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य मेनुका श्रेष्ठ, सम्झौता आमा समुहकी अध्यक्ष पार्वती आचार्य लगायतले यस किसिमका आयमुलक र शिपमुलक तालिमबाट महिला दिदी वहिनीले आफ्नो आत्मविश्वास बढाउदै जानुपर्नेे र यसबाट आफ्नो क्षेत्रमा अगाडि बढ्न सहज हुने हुदां तालिमका प्रमाणपत्र भित्ताहरुमा मात्र सिमित नरही, सवैलाई उद्यमी बनि परिवार तथा देशलाई नै आयश्रोतको हिसावबाट अगाडि बढाउनसहभागीहरुलाई शुभकामना दिनुभएको थियो ।

लेखनाथ नगरपालिका वडा नं १२ का आठ महिला समुह तथा टोलिविकास समितिका गरि जम्मा २६ जना सहभागिहरुले साडी, बुलज, सल, व्याग, कुर्ता आदिमा हातको आधुनिक बुटिक डिजाईनिङ तथा कडाई गरेका थिए । उक्त अवसरमा तालिम प्रशिक्षणका लागि आफ्नो भवन तिन महिनासम्म निशुल्क उपलव्ध गराई सहयोग गर्ने मिलनशिल आमा समुह लेनपा १२  लाई विशेष धन्यवाद दिईएको थियो ।

उक्त कार्यक्रममा सहभागिहरुको तर्फबाट ज्योति श्रेष्ठले तालिम अति फलदायि भएको कुरा बताउनुभएको थियो भने प्रशिक्षक गिता रेग्मीले सम्पूर्ण सहभागिले लगनशिल र एक चित्त भई तालिम लिएको वताउनुहुदैं सवैलाई उद्यमी बन्न आग्रह गर्नुभएको थियो ।

नारी विकास आमा समुहकी निवर्तमान अध्यक्ष जानुका अधिकारीले संचालन गर्नुभएको उक्त कार्यक्रममा उत्कृष्ट प्रशिक्षाथी पुष्पा क्षेत्री, रिता तिलिजा र ज्योति श्रेष्ठलाई सम्मान गरिएको थियो भने समापन कार्यक्रमका दिन नै १०० पिस बुटिक व्यागको अडर आएकाले सहभागी सवै उत्साहित भएका थिए ।

Read More

लेखनाथ महोत्सव २०७१ सम्पन्न

लेखनाथको आर्थिक तथा सामाजिक उत्थानको लागि “महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ २०७१ मंसिर १८ गते देखी २९ गते सम्म लेखनाथ १ भण्डारढिक प्रस्तावित रंङगशालामा संचालन भएको एघारौं लेखनाथ महोत्सवको समिक्षा शुक्रवार लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भयो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका मुल संयोजक वावुराम गिरीको अध्यक्षतामा भएको वैठकमा महोत्सव अन्तरगत गठित कार्यसम्पादन समिति, सल्लाहकार समिति, निर्देशक समिति,लगायत विभिन्न उपसमिति संयोजकहरुले महोत्सव अवधिमा देखीएका सुधार गनुपर्ने र राम्रा पक्षहरुका वारेमा वृहत रुपमा समिक्षा गरिएको थियो ।
संयोजक गिरीले वैठकमा महोत्सवलाई सफलतापुर्वक सम्पन्न गराउन सहयोग पूर्याउनु हुने प्रमूख अतिथी, आमन्त्रित अतिथीज्युहरु, मूख्य प्रायोजक, सह प्रायोजकहरु, ईभेन्ट प्रायोजकहरु, प्रवद्र्धक, विशेष सहयोगि संस्थाहरु, सहयोगी संघ संस्थाहरु, नेपाल सरकारका प्रशासनिक तथा सुरक्षा निकाय, शैक्षिक संस्था, अन्य निकायहरु, उद्योगी व्यवसायी, सरकारी तथा गैह््र सरकारी संघ÷संस्थाहरु, राजनैतिक दल, समाजसेवी, बूद्धिजिवी, पत्रकार एवं संचार माध्यमहरु, नागरिक समाज, प्रदर्शक, अवलोकन कर्ता, महिला समुह, युवा क्लव, आदिवाशी जनजाती, कलाकार तथा कलासंस्कृतिसंग सम्वन्धित संघ संस्था साथै लेखनाथ उद्योग वाणिज्य संघका साधारण÷एसोसीयट÷संस्थागत सदस्यज्युहरु, महोत्सव सम्पन्न गर्न गठित कार्यसम्पादन समिति, निर्देशक समिति, सल्लाहकार समिति, विभिन्न उपसमितिका संयोजक, सदस्य लगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग पूर्याउनुहुने सम्पुर्ण शूभेच्छुक तथा सहयोगी महानुभावहरुमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गनुभएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका महासचिव वलराम ढकालले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले गर्नुभएको थियो ।
मंसिर २९ गते समापन भएको महोत्सवको आयोजक लेखनाथ उद्योग वाणिज्य संघ र   नेपाल उद्योग वाणिज्य महासंघ रहेको थियो भने विभिन्न संघसंस्थाहरुको सहयोग र सहभागितामा महोत्सव सम्पन्न भएको थियो ।
Read More

विमा / कर सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न


लेखनाथ २५, पौषलेखनाथ उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजश्व कार्यालय पोखरा र सगरमाथा ईन्स्योरेन्स क।लि।को सहयोगमा विमा÷कर सम्वन्धी प्रशिक्षण कार्यक्रम लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा शुक्रवार सम्पन्न भयो ।
लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव तथा राजश्व परामर्श उपसमितिका संयोजक भरतकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा अधिकारीले सम्पुर्ण सहभागिलाई स्वागत गर्दै उद्योगी व्यवसायीहरुले आफुलाई परेका र भविष्यमा पर्नसक्ने समस्याका वारेमा सचेत भई  प्रशिक्षणमा खुल्ला तरिकाले प्रश्न गरि लाभ लिनका लागि आग्रह गर्नुभएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारीहरुले राज्यको निति नियम वमोजिम सवैले कर तिर्नुपर्ने र त्यस सम्वन्धमा रहेको अनविज्ञता वारेमा सहभागिहरुलाई प्रष्टहुनका लागि आग्रह गर्दै व्यवसाय गर्दा व्यवसायीले ध्यानदिनु पर्नेकुरा र लेखा पद्धतीका वारेमा जानकारी गराउनुभएको थियो भने सहभागिहरुले आ आफ्नो समस्या तथा जिज्ञासा राख्नुभएको थियो ।
उक्त कार्यक्रममा लेखनाथ र परिषरका गा।वि।स।का एक सय दश जना उद्योगी व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा आन्तरिक राजश्व कर्यालय पोखराका कर अधिकृत सुर्य सुर्खालीले मिस म्याच, अन्त शूल्क, ईजाजत नविकरण तथा आय व्यय विवरण र संस्था दत्र्ता तथा मू।अ।क। सम्वन्धी करका वारेमा जानकारी गराउनुका साथै सहभागिहरुले राखेका जिज्ञाशाका वारेमा प्रकाश पर्नुभएको थियोे ।
 
कार्यक्रममै सगरमाथा ईन्स्योरेन्स क।लि।का शाखा प्रमुख कविराज पौडेलले व्यवसायको विमाको आवश्यकता, गर्ने तरिका, भुक्तानी लिर्ने तरिका साथै भुक्तानी लिदा पुर्यानुपर्ने कागतजातका वारेमा जानकारी गराउनुभएको थियो । साथै सहभागिहरुले राखेका जिज्ञाशाका वारेमा प्रकाश पर्नुभएको थियोे ।
 
लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य ऋषीराम जमरकट्टेलले संचालन गरेको कार्यक्रममा धन्यवाद मन्तव्य कार्यसमिति सदस्य गोपीचन्द्र वास्तोलाले गर्नुभएको थियो भने सहभागीको तर्फबाट हार्डवयर व्यवसायी शैलेन्द्रमोहन भट्टराईले कार्यक्रम अति फलदायी भएको र आगामी दिनमा पनि यस किसिमको प्रशिक्षणको आयोजना गरिनुपर्ने धारणा राख्नुभएको थियो ।
Read More

छ हप्ते विद्युत जडान स्तरवृद्धि (अपग्रेडिङ) तालिमको सुभारम्भ

छ हप्ते विद्युत जडान स्तरवृद्धि (अपग्रेडिङ) तालिमको सुभारम्भ
 
लेखनाथ उद्योग वाणिज्य सघ, व्यवसायीक तथा सिप विकास तालिम केन्द्र र जागरण सामुदायिक विकास केन्द्र, कास्की को संयुक्त आयोजनामा छ हप्ते विद्युत जडान स्तरवृद्धि (अपग्रेडिङ) तालिम लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा सुभारम्भ भयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं व्यवसायिक तथा सिप विकास केन्द्रका केन्द्र प्रमुख तिलक रिजालले यस तालिमबाट युवाहरु आफु स्वरोजगार हुने र आम्दानीको राम्रो श्रोत हुनेहुदाँ सवै सहभागिहरुलाई ध्यान दिएर सिक्नका लागि अनुरोध गर्नुभयो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सहभागिलाई स्वागत गर्दै अध्यक्ष गिरीले आफ्नै देशमा सीप सिकी व्यवसायीक वन्नका लागि सवैलाई आग्रह गनुभएको थियो  ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, जागरण सामुदायिक विकास केन्द्र, कास्कीका अध्यक्ष धना पाण्डे,  प्रशिक्षक मानवहादुर भूजेल लगायतका वक्ताहरुले तालिमका वारेमा आ आफ्नो धारणा राख्नुुभएको थियो ।लेखनाथ उद्योग वाणिज्य संघका महासचिव वलराम ढकालले संचालन गर्नुभएको कार्यक्रममा लेखनाथ र परिषरका गा.वि.स.का ३० जना युवाहरुको सहभागिता रहेको छ ।
Read More

लेखनाथ मंसिर १४, कास्की महोत्सवको तयारी तिब्रगतिमा......................

“महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा यहि मंसिर १८ गते देखी २९ गते सम्म संचालन हुने एघारौ लेखनाथ महोत्सवको तयारी तित्र्र गतिमा भइरहेको छ । महोत्सवको तयारीको क्रममा आईतवार लेखनाथ स्तरिय टोल विकास संस्थका अध्यक्ष छवि लामिछानेको अध्यक्षतामा महिला उद्यमी सदस्य, आमा तथा महिला समुह, सामाजिक संघ संस्था तथा टोल विकासको संयुक्त बैठक सम्पन्न भयो । लेखनाथ महोत्सवको उद्घाटनमा झ्याकी सहितको र्यालीका लागि सम्पुर्ण आमा तथा महिला समुह र टोल विकास संस्थाहरुलाई पत्रचार पठाईसकिएको र नपाएमा यसैलाई सुचना तथा निमन्त्रणाको रुपमा लिन र यसकालागि सवैले आ आफनो स्थानबाट पहल गर्ने निर्णय भएको छ । संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, महासचिव वलराम ढकाल, कार्यसमिति सदस्य गितादेवी सुवेदी लगायतले महोत्सवको तयारी र सम्पूर्णको महानुभावहरुको भुमिकाका बारे आफ्नो राय राख्नुभएको थियो । Read More

लेखनाथ महोत्सव अन्तरगत गठित रितिरिवाज प्रदर्शनी झांकी एवं र्याली व्यवस्थापन उपसमितिको वैठक सम्पन्न


“महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ मंसिर १८ गते देखी २९ गते सम्म लेखनाथ १ भण्डारढिक प्रस्तावित रंङगशालामा संचालन हुने  एघारौ लेखनाथ महोत्सव अन्तरगत गठित रिती रिवाज प्रदर्शनी झांकी एवं र्याली व्यवस्थापन उपसमितिको वैठक शनिवार लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भयो ।
 
रिती रिवाज प्रदर्शनी झांकी एवं र्याली व्यवस्थापनका उपसमितिका संयोजक शेर वहादुर गुरुङको अध्यक्षतामा भएको वैठकमा  अध्यक्ष गरुङले र्यालीमा सवैले आ आफ्नो स्थानवाट प्रचार प्रसार गरि वढि भन्दा वढि र्याली महोत्सवको उद्घाटन समारोहमा सहभागि गराउनका लगि आग्रह गर्नुभएको थियो ।
 
लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्साद त्रिपाठीले महोत्सवका सम्वन्धमा आजका मिति संम्म भए गरेका गतिविधीहरु वैठकमा जानकारी गराउर्दै सवैलाई आ आफ्नो जातीय भेषभुषा सहित रयालीमा सहभागि हुनका लागि आग्रह गर्नुभएको थियो ।
 
वैठकमा समितिका सह संयोजक क्या. अमृत तमु, सदस्यहरु शरदवावु भुजेल, शेख वहादुर जि.सी, केवहादुर कुमाल, संजिवकुमार ढेवाजु, लालवहादुर शाही, गोविन्द वि.क.,सकुन्धरा समुजा भगर, राधा लामा, कृष्णमायां दुरा लगायतका वक्ताहरुले लगायतका वक्ताहरुले लेखनाथ र परिषरका सम्पुर्ण गा.वि.स.वाट आफ्ना भेषभुषा सहित सवै वडा देखी नगर हुदै जिल्ला सम्मका सवैलाई र्याली सहभागी गराउने प्रतिवद्धता गरेका थिए ।
Read More

लेखनाथ महोत्सवको आकर्षण पेभेलियन

एघारौं लेखनाथ महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको पेभेलियनलाई व्यवस्थित बनाउन व्यवसायीले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । महोत्सवको तयारीका सन्दर्भमा आयोजित बजार व्यवस्थापन तथा व्यवसाय समन्वय उपसमितिको बैठकमा बोल्ने व्यवसायीहरुले लेखनाथमा रहेका व्यवसायीहरुको उत्पादन, सेवा तथा बस्तुहरु पेभेलियनमा राखिने भएकाले थप आकर्षक बनाउन जोड दिएका छन् । लेखनाथ उद्योग बाणिज्य संघका महासचिव एवं बजार व्यवस्थापन तथा व्यवसाय समन्वय उपसमितिका संयोजक बलराम ढकालको अध्यक्षतामा भएको बैठकमा संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले महोत्सव तयारीका बारेमा जानकारी गराउनु भएको थियो । बैठकमा व्यवसायी विश्वगोपाल श्रेष्ठ, अमृतवहादुर गुरुङ्ग, शिवप्रसाद भण्डारी, राजु सुवेदी, शेरबहादुर गुरुङ्ग, विश्वराज लामिछाने, डिलकुमारी शर्मा, हरि त्रिपाठी, देवराज पन्थी, टेक प्रसाद सुवेदी, जनकराज तिवारी लगायतले बोल्नु भएको थियो । महोत्सवमा मंसिर १८ देखी २९ गतेसम्म लेखनाथको प्रस्तावित रंगशाला भण्डारढिकमा हुँदैछ । महोत्सवमा विभिन्न वस्तु तथा सेवा र उत्पादन, रेष्टुरेण्ट लगायतका ३ सय भन्दा वढी स्टलहरु राखिने स्टल व्यवस्थापन उपसमितिका संयोजक देवराज पन्थीले जानकारी दिनु भयो । Read More

© Copyright Lekhnath Chamber of Commerce and Industry 2018