There are total 2 post.

प्रेस विज्ञप्ती २०७१ कात्र्तिक २६ गते

प्रेस विज्ञप्ती २०७१ कात्र्तिक २६ गते यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि “महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा विभिन्न संंघ संस्थाको सहयोग र व्यवसायीक प्रतिष्ठानहरुको सहभागितामा वि.सं २०६१ साल देखि निरन्तर रुपमा लेखनाथ महोत्सवको आयोजना गर्दै आईरहेका छौ । लेखनाथ महोत्सवले स्थानीय, राष्ट्रिय तथा छिमेकी मुलकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुका साथै कृषिजन्य तथा हस्तकलाका सामानहरु जनसमक्ष परिचित गराई व्यवसाय विस्तार एवं प्रवद्र्धनमा टेवा पुर्याउने, घरेलु एवं नयां प्रविधि तथा सिपको प्रदर्शनी, हस्तान्तरणमा सहयोग पुर्याउने, आन्तरिक एवं वाह्य पर्यटक प्रवद्र्धन गर्ने, साहित्य, कला र संस्कृतिको प्रचार प्रसार तथा बजारीकरण एवं दर्शकहरुको मनोरञ्जनका लागि छुट्टै खालको कार्यक्रमहरुको आयोजना गर्दै आईरहेका छौं । यस महोत्सवमा मुलुकका विभिन्न जिल्लाहरुमा स्थानीय स्तरमा उत्पादित बस्तुको बजार प्रवद्र्धन साथै सोको पहिचान गर्ने, विभिन्न प्रविधिलाई थप टेवा पुर्याउने, कृषि जन्य लघु, घरेलु तथा साना उद्योगहरु प्रवद्र्धन गर्ने, आवश्यक ज्ञान, उद्यमशिलता र प्रविधि हस्तान्तरण गर्न सहयोग पुर्याउने र स्वदेशी तथा बिदेशी बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, स्थानीय, राष्ट्रिय तथा छिमेकी मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुका साथै कृषि जन्य, हस्तकलाका सामानहरु जनसमक्ष परिचित गराई व्यवसाय विस्तार एवं प्रवद्र्धनमा टेवा पुर्याउने साथै आन्तरिक एवं वाह्य पर्यटन प्रवद्र्धन गर्ने प्रमुख उद्देश्य लिएर यहि २०७१ मंसिर १८ देखि २९ गते सम्म एघारौं लेखनाथ महोत्सव २०७१ लेखनाथ नगरपालिका वडा नं. १, भण्डारढिक प्रस्तावित रंगशालामा आयोजना गर्न लागेका छौं ।  लेखनाथ उद्योग वाणिज्य संघ र  नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा लेखनाथ नगरपािलका कार्यालय, नेपाल सरकार, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र, पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालय, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम र पशु उत्पादन निर्देशनालयको सह(आयोजना रहने यस महोत्सवमा सिद्धार्थ सिमेन्ट उद्योग मुख्य प्रायोजक साथै जगदम्वा सिमेन्ट ई.प्रा.लि.सहप्रायोजकको रुपमा रहको छ । त्यसै गरीे विशेष सहयोगी संघ संस्थाहरुमा जनप्रकाश उच्च मा.वि., आदर्श युवा क्लव र लेखनाथ हाडवयर एशोशियसन लेखनाथ रहेका छन भने सहयोगी संघ संंस्थामा लेखनाथमा रहेका युवा क्लव, आमा तथा महिला समुहहरु, टोलविकास संस्थाहरु रहेका छन । महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड रहेको छ । अनलाईन पाटनरमा www.bignews.com.np , cityof7lakes.com.np रहेका छन । अफिसियल मिडियामा सगरमाथा टेलिभिजन, गण्डकी टेलिभिजन र फेवा टेलिभिजन रहेका छन । यस महोत्सवका आकर्षणहरुमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिबिधिहरु, फुड फेस्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि र दुग्ध उत्पादनको प्रदर्शनी, तरकारी, जैविक विविधता, कुखुरा प्रदर्शनी, रहेका छन भने थप आकर्षणमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान,खाना महोत्सव, म्युजिक कन्सर्ट, उत्कृष्ट स्टल पुरस्कार, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, शैक्षिक गतिविधिहरुको प्रस्तुती, रितिरिवाज झल्कने सास्कृतिक महोत्सव, चित्रकला प्रदर्शनी, विभिन्न उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि लगायत विभिन्न विषयमा अन्तरक्रिया लगायतका कार्यक्रमहरु रहेका छन् ।  विगतका महोत्सवमा सर्वाधिक लोक प्रिय  कार्यक्रम गण्डकी तारा अन्तरगत स्तरिय राष्ट्रिय कलाकारहरु जन्माउन सफल यस महोत्सवले यस वर्ष पनि स्थानीय प्रतिभाको खोजी अन्तरगत गायन विधामा  गण्डकी तारा लाई निरन्तरता दिएका छौं । विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता संचालन गर्दै आएको यस महोत्सवले यस वर्ष देखी नृत्य, अभिनय र गायन विद्याका प्रतिभाहरुको पनि कदर गर्ने उदेश्यले विद्यालय स्तरिय Child Talent Show प्रतियोगिता संचलन गर्ने कार्यक्रम तय गरेका छौं । त्यसैगरी यस वर्ष पनि कवि शिरोमणी लेखनाथको पवित्र जन्म भुमी सात तालको वगैचा शहर लेखनाथमा  कविता प्रतियोगितालाई निरन्तरता दिएका छौं ।
यस लेखनाथ महोत्सवमा स्थानिय उत्पादनलाई प्रोत्साहन दिनका लागि लेखनाथ पेभेलियनमा लेखनाथ भित्र रहेका उद्योग तथा व्यवसायहरुवाट उत्पादित वस्तु तथा सर सामानलाई एउटै क्षेत्रमा राखी लेखनाथको व्यवसाय प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उदेश्य रहेको र उक्त वस्तु तथा सरसामानले दर्शक प्रर्दशकलाई अनुभव आदाप्रदान गर्नका लागि वढि भन्दा वढि फाईदा हुने अपेक्षा गरेका छौं ।सूचना प्रबिधिका सामानहरु जस्तै मोवाईल, टेलिभिजन तथा कम्प्यूटरका समाग्रीहरु एक क्षेत्रमा डोम भित्र राखी खरिद विक्रि गर्ने प्रवन्ध मिलाईएको छ । महोत्सवका लागि तयार गरिएका स्टलहरु मध्ये ८५ प्रतिशत स्टल वुकिङ भईसकेको छ । यस महोत्सवमा रहने स्टलहरुमा कृषि उत्पादनलाई प्राथमिकता दिईएको छ । कृषि प्रदर्शनी, डेरी प्रदर्शनी, खाना महोत्सव, अटो, हस्तकला, मेशेनरी, फूड एण्ड वेभरेज, साधारण, गार्मेन्ट र कर्पोरेट आदि गरि जम्मा तिन सय स्टल रहने छन् । लेखनाथ महोत्सव २०७१ सम्वन्धी विषयलाई लिएर महोत्सव सफल पार्न विभिन्न व्यवसायीक फर्म र प्रतिष्ठान तथा सहयोगका लागि नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारीसंग काठमान्डौं, पोखरामा, कास्की जिल्ला स्थित वैंक, वित्तिय संस्था, व्यवसायीक फर्म र प्रतिष्ठानहरुमा सहयोगका लागि गईरहेको साथै महोत्सव सम्पन्न गर्नका लागि आवश्यकता अनुसार ४१ सदस्सीय कार्यसम्पादन समिति, ७ सदस्सीय निर्देशक समिति, नगर स्तरिय राजनैतिक पाटीहरुलाई  समावेश गरि १२ सदस्सीय सल्लाहकार समिति काम र प्रकृतिको आधारमा तिस वटा उपसमितिहरु गठन गरिएको छ । अन्तमाः लेखनाथ महोत्सव सफल पार्न संचार माध्यम, पत्रकार, नागरिक समाज, बुद्धिजिवि, उद्योगी व्यवसायी, राजनैतिक पार्टीहरु, शैक्षिक संघसंस्था, राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैह्र सरकारी सघ, संस्थाहरु, महिला समुह, युवा क्लव एवं स्थानिय सामाजिक संघ संस्था, कलाकार तथा कला संस्कृतिसंग सम्वन्धित संघ संस्था लगायत सम्पुर्ण महानुभावहरु तथा शुभेच्छुक सम्र्पुणमा विगतका महोत्सवमा पुर्याउनुभएको सहयोगका लागि हार्दिक धन्यवाद प्रकट गर्दै यस महोत्सवमा पनि विगतको जस्तै सहयोगको अपेक्षा गर्दछौं । सहयोगका लागि धन्यवाद ।
भरतकुमार अधिकारी
संयोजक  प्रचार प्रसार उपसमिति Read More

लेखनाथ उद्योग बाणिज्य संघको १८औं साधारण सभा सम्पन्न

लेखनाथ उद्योग बाणिज्य संघको १८औं साधारण सभा सम्पन्न
स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले दलगत स्वार्थ भन्दा माथि उठेर देशको आर्थिक उन्नति र विकासमा लाग्नु पर्ने वेला आएको वताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघको १८ औं वार्षिक साधारण सभाको सनिवार उद्घाटन गर्दै अव भने सवैले आर्थिक क्रान्तिका लागि मात्रै राजनीति गर्नु पर्छ र आर्थीक उन्नती गर्नका लागि संबिधान चाहिन्छ उनको भनाई थियो। नेकपा माओवादी  सर्वपक्षीय राजनैतिक सम्मेलनमा सहभागी नभए पनि अन्तिम समयसम्म  सहमतिमा ल्याउने प्रयास गरिने विचार व्यक्त गर्दै उनंले संविधानका अन्तर वस्तुमा अधिकतमसम्म सहमतिको प्रयास गरिने त्यो संभव नभए प्रकृयामा गएर भए पनि तोकिएको मिति भित्रै नयां संविधान जारी हुन्छ उनको भनाई थियो।मन्त्री अधिकारीले पोखरामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थलको प्रकृया अन्तिम चरणमा पुगेकोले अव छिट्टै नै  निर्माण कार्य अघि वढ्ने विश्वास दिलाएका थिए।सोही अवसरमा वोल्दै पुर्व सभमुख तारानाथ रानभाटले मुलुकको स्थायी बिकासको पुर्वाधार आर्थीक बिकास हो जसका लागि निती तथा नियमहरु चाहिन्छ जाहाँ निती छैन त्यस देशको विकास सम्भव नभएको हुदा जनताले चाहे अनुसरको संविधान बन्नु पर्नेमा उनले जोड दिएका थिए। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले अव मुलुकको ध्यान शान्ति र नयां संविधानका लागि मात्रै जानु पर्ने धारणा राखेका थिए। संघका अध्यक्ष वावुराम गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा  कास्कीका प्रजिअ कृष्ण वहादुर रावत, एकीकृत नेकपा माओवादीका विष्णु पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी अंचलका अध्यक्ष दीपक लम्साल,सस्थापक अध्यक्ष चन्द्र कृष्ण कर्माचार्य,निर्वतमान अध्यक्ष सुमन भट्टराई,पुर्व अध्यक्ष चतुराखर अधिकारी, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेल,पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापा र सम्पुर्ण महिलाहरुको तर्फवाट कौशिला अधिकारी लगाएतले आ आफनो धारणा राखेका थिए। संघका प्रथम उपाध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन महासचिव वलराम ढकालले गरेका थिए ।
Read More

© Copyright Lekhnath Chamber of Commerce and Industry 2018