!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेखनाथ महोत्सव लक्ष्य प्राप्तिको नजिक

LCCI News: Posted at 12/29/2019
...

कास्कीको लेखनाथमा जारी १६ औं सस्करणको लेखनाथ महोत्सव समापन हुन दुई दिन बाकी रहदा नै लक्ष्य प्राप्तिको नजिक पुगेको आयोजकको दावी रहेको छ । महोत्सव समापन हुन अव दुई दिन बाकी रहदा नै आयोजकले सुरुमा राखेको लक्ष्य प्राप्तको नजिक पुगेको आईतवार सम्मको आर्थीक कारोवारले प्रष्ट पारेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले बताएका छन् । सुरुमा हामीले महोत्सव अवधिभर तीन लाख दर्शक र १५ करोड बरावरको आर्थीक कारोवार हुने अनुमान गरेका थियौ तर त्यो अनुमान समापन पुर्ब नै पुग्ने र विगतका महोत्सव भन्दा पनि यस बर्षको महोत्सवले नयाँ कृतिमान राख्न सफल भएको उनको भनाई रहेको छ । महोत्सवको ११ औं दिन आईतवार मात्र करीव १५ हजार दर्शकले मेलाको अवलोकन गरेको र हालसम्म दुई लाख ६५ हजार दर्शकले मेलाको अवलोकन गरिसकेका र अवको वाकी दुई दिनमा लक्ष्य भन्दा पनि बढि दर्शकले मेलाको अवलोकन गर्न सक्ने हाम्रो अनुमान छ संधका महासचिव गोपिचन्द्र बास्तोलाको भनाई रहेको छ । महोत्सवका पछिल्ला दिनहरुमा दर्शकको चाप सगसगै आर्थिक कारोवारमा पनि बृद्धि भएकाले आईतवार मात्र करिव एक करोड ५० लाख बरावरको आर्थिक कारोवार भएको र हालसम्म करिव १४ करोड २५ लाख वरावरको कारोवर भईसकेको संघका कोषाध्यक्ष जानुका अधिकारीको दावी रहेको छ । महोत्सवको पछिल्लो समयमा किनमेलका लागि मात्र पनि दर्शकहरु मेलामा प्रबेश गर्ने गरेको पाईएकाले वाकी रहेका दुई दिनमा हामीले अनुमान गरेको कारोवार भन्दा पनि बढि हुन सक्ने उनको भनाई रहेको छ । विगतका महोत्सवको अनुभवलाई संगालेर यस वर्षको महोत्सवलाई अझ वढि स्तरिय बनाउनका लागि भएका प्रयासले पनि महोत्सवमा एक पटक आउनै पर्छ भन्ने मान्यता राखेर टाडा टाडाबाट पनि दर्शकहरु आउने गरेकाले महोत्सव लक्ष्य प्राप्तीको नजिक पुगेको संघकी कार्यालय प्रमुख पवित्रा श्रेष्ठले जानकारी दिएकी छन् । पुस १५ गते समापन गरिने महोत्सवको ११ औ दिनमा पनि स्टेजमा राखिएका विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले दर्शकको मन जित्न सफल भएको र विशेष गरि साझाको पप लाइभ कन्सटमा ज्योती मगर र मेलिना राईको प्रस्तुती हेर्न युवा दर्शकहरुको बाक्लो उपस्थिती भएको प्रचार प्रसार उप समितिका संयोजक उपेन्द्रराज सुबेदी राजुको भनाई रहेको छ ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: