!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेखनाथ महोत्सव समापानको समापन आज, अपेक्षा भन्दा बढी महोत्सव सफल

LCCI News: Posted at 12/31/2019
...

आर्थिक आवाज लेखनाथ । समग्र गण्डकी प्रदेशको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले पुस ३ गतेदेखि संचालित १६औं लेखनाथ महोत्सव मंगलबार (आज) समापन हुँदैछ । महोत्सव अपेक्षा भन्दा बढी सफल भएको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले बताए । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि नाराका साथ लेखनाथको तालचोकमा संचालित महोत्सवले विगतका जस्तै यस वर्ष पनि लक्ष्य भन्दा राम्रो सफलता हात पार्न सफल भएको उनको भनाइ छ । महोत्सवको आज गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङबाट समापन गर्ने कार्यक्रम रहेको संघकी कार्यालय प्रमुख पवित्रा श्रेष्ठले जानकारी दिइन् । सवै खालका दर्शकहरुलाई हुने गरी राखिएको स्टेज कार्यक्रम र महोत्सव स्थलमा भएका तीन सय ४० वटा स्टलमा सवै प्रकृतिका सामानहरु पाउने गरि ब्यवस्थापन गरिएकाले यस वर्षको महोत्सवले दर्शकको मन जित्न सफल भएको संघका निवर्तमान अध्यक्ष कृष्णहरि भण्डारीको भनाई रहेको छ । उत्पादक र उपभोक्तालाई एक ठाउँमा भेटाउने गरि राखिएको महोत्सव समापनको अन्तिम दिन दर्शकहरु विशेष गरि किनमेलमा नै ब्यस्त देखिन्थे । विषेश गरि जाडोमा प्रयोग हुने कपडा, दैनिक उपभोग्य वस्तु, भाडवर्तन, कृषि उत्पादनका स्टलमा दर्शकको चाँप बढि रहेको देखिन्थ्यो । समापनको संघारमा रहेको महोत्सवको १२ औं दिन करिब १५ हजार दर्शकले मेलाको अवलोकन गरेको र हालसम्म दुई लाख ८० हजार दर्शकले मेलाको अवलोकन गरेको र कारोवारमा पनि अघिल्ला दिनको तुलनामा बृद्धि भएकोले सोमवार मात्र करिव एक करोड बरावरको आर्थिक कारोवार भएको र हालसम्म करिव १५ करोड २५ लाख वरावरको कारोवर भइसकेको संघका कोषाध्यक्ष जानुका अधिकारीले बताइन् ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: