!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेखनाथ महोत्सव सकियो, लक्ष्य अनुसार कै सफलता हाँसिल

LCCI News: Posted at 12/31/2019
...

लेखनाथ, १५ पौष । गत पौष ३ गते देखि कास्कीको लेखनाथमा संचालित १६ औं सस्करणको लेखनाथ महोत्सव मंगलवार समापन गरिएको छ । १३ दिनसम्म चलेको महोत्सवमा आयोजकले अनुमान गरेको दर्शकको सख्या र आर्थिक कारोवार प्राप्ती सगै अहिलेसम्म कै उत्कृष्ट महोत्सवका रुपमा स्थापित भई सफतापुर्वक सकिएको आयोजकको दावी रहेको छ । महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र समृद्धि भन्ने मुल नाराका साथ शुरु भएको महोत्सव अवधिभर करिव तीन लाख दर्शकले मेलाको अवलोकन गरेको र करिव १५ करोड वरावरको आर्थिक कारोवार भएको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले बताएका छन् ।महोत्सव अवधिभर सवैको साथ र सहयोगले सोचेभन्दा बढि सफलता हात पारेकोे ढकालको भनाई रहेको छ । महोत्सव समापन समारोहमा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले मेला महोत्सवले आर्थिक चलायमान हुने भएकाले बजारीकरण र पुजी निर्माणका लागि मेला महोत्सव महत्वपुर्ण हुने वताएका थिए । साथै उनले खर्च गर्नेले कमाउन प्रयास गर्ने र कमाउनेले खर्च गर्ने भएकाले उत्पादक देखि उपभोक्ता सम्मलाई मेलाले फाईदा पुग्ने उनको धारणा रहेको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानवहादुर जिसीले यस प्रकारका मेला महोत्सवले पोखरालाई अन्तराष्ट्रिय स्तरसम्म चिनाउनमा सहयोग मिलेको र स्थानिय उत्पादनलाई बजारीकरण गर्नमा सहयोगी शिद्ध भएको धारणा राखेका थिए । महोत्सवको आयोजक लेखनाथ उद्योग बाणिज्य संघ भए पनि यहाँ रहेका सामाजिक संघ सस्था देखि स्थानियबासी सवैले आफनो महोत्सवका रुपमा लिएकाले यो महोत्सव पोखरा कै ब्रण्ड भएको बिचार राख्दै प्रमुख जिसीले महोत्सवले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याएको जिसीको भनाई रहेको थियो । संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले धन्यवाद र महासचिव गोपिचन्द्र बास्तोलाले कार्यक्रम संचालन गरेका थिए । यसैगरि महोत्सवमा राखिएको रत्यौली गीतमा सहभागी १५वटै समुहलाई सहभागीत्तामक प्रत्साहन पुरस्कार प्रदान गरिएको रत्यौली गीतकी संयोजक मेनाक श्रेष्ठले जाकारी दिएकी छन् भने महोत्सव अवधिभर ३८ वटा विद्यालयहरुले आ आफनो प्रस्तुती देखाएका संयोजक धु्रव वावु भटराईले बताएका छन् । यता महोत्समा राखिएको झाकी ¥याली प्रदशनीमा सहभागी ३७ समुहहरु मध्यवाट नेपाल मगर संघ सैनिकबस्ती ईकाइ समिति प्रथम, नेपाल मगर संघ बुढिबजार ईकाइ समिति द्धितिय र तमु प्हेल्हु संघ स्याङजाली तमु समाजले तृतिय स्थान हासिल गरेको कार्यक्रम संयोजक बुद्धिमाया थापा मगरले जानकारी दिएका छन् । प्रकाशित मिति: मगलवार, पुष १५, २०७६

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: