!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!

दिवंगत परिवारलाई लेउवा संघको सहयोग

LCCI News: Posted at 01/24/2020
...

लेखनाथ,१० माघ । लेखनाथ उद्योग बाणिज्य संघले ब्यवसायी सदस्य स्वर्गीय देवि माया उप्रेती पौडेलको परिवारलाई आर्थिक सहयोग गरेको छ । संघको ब्यवसायी सदस्य भएर पोखरा २६ को बुढिवजारमा देवी खाजा घर संचालन गर्दै आएकी पौडेलको गत पुस २ गते ४९वर्षको उमेरमा असामायीक निधन भए पछि संघले स्थापना गरेको राहत कोषबाट सुक्रवार ५० हजार आर्थिक सहयोग गरिएको हो । पोखरा २७ गच्छा फाँटमा बसोवार गर्दै आएका स्वर्गीय पौडेलको परिवारलाई लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष वलराम ढकाल, पुर्व अध्यक्ष बाबुराम गिरी, लक्ष्मी प्रसाद त्रिपाठी, महासचिव गोपिचन्द्र वास्तोला लगायत कार्यसमितिका सदस्य र ब्यवसायीहरुको उपस्थितीमा स्वर्गीय पौडेलका श्रीमान कृष्ण प्रसाद पौडेललाई उक्त रकम हस्तान्त्रण गरिएको हो । संघले ब्यवसायी सदस्यको हितका लागी समय समयमा पर्ने अकल्पनीय घटनालाई ध्यानमा राख्दै ब्यवसायी सदस्य कै मृृत्यु भएकामा रु पचाँस हजार र ब्यवसायी सदस्यका नजिका आफन्तको मृत्यु भएमा राहत स्वरुप पाँच हजार प्रदान गर्दै आएको छ । यस अघि सघ कै कार्यसमिति सदस्य सरोज अधिकारी र हरि प्रसाद पौडेलको परिवारलाई पनि संघले रु ५० हजार सहयोग गरिसकेको छ ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: