!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

उद्यमशिलता विकास तालिम शुभारम्भ

LCCI News: Posted at 01/28/2020
...

लेखनाथ ÷माघ १४ घरेलु तथा साना उद्योग कार्यालय कास्कीको आयोजना र लेखनाथ उद्योग बाणिज्य संघको समन्वयमा १० दिने उद्यमसिलता तालिम मंगलवार देखि सुरु भएको छ । संघले आफ्ना ब्यवसायी सदस्यहरुलाई शिप र उद्यमसिलताका बारेमा जानकारी गराउदै ब्यवसायी उत्पादन तर्फ अग्रसर गराउने आयोजित तालिमको शुभारम्भ गर्दै घरेलु तथा साना उद्योग कार्यालय कास्कीका उद्योग अधिकृत महराज ढकालले ज्ञान र सिपको अभावमा ब्यवसायीहरु अगाडी वढ्न नसक्ने हुदाँ उत्पादकत्व बढाउन नसकिने भएकाले आफनो क्षमता अभिबृद्धि गर्नका लागि तालिम फलदाई हुने विचार राखेका थिए । कार्यक्रममा संघका अध्यक्ष बलराम ढकालले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतारेर सफल ब्यवसायी बनाउने अभियानमा संघ अगाडी वढेकाले ब्यवसायीहरुको हक हित र क्षमता अभिबृद्धिका लागी बिभिन्न किसिमका तालिमहरुलाई अगाडी वढाएको जानकारी गराउनु भएको थियो । लेखनाथ उद्योग बाणिज्य संघका तालिम ब्यवस्थापन उपसमितिका संयोजक बिक्रम कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संघका पुर्व अध्यक्ष वावुराम गिरी, लक्ष्मीप्रसाद त्रिपाठी लगायतले तालिम मार्फत ब्यवसायीहरुलाई अगाडी वढाउने लक्ष्य संघले राखेको बताएका थिए भने कार्यक्रम संचालन संघका महासचिव गोपीचन्द्र वास्तोलाले गर्नुभएको थियो ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: