!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेउवा संघको सहकारी प्रशिक्षण

LCCI News: Posted at 02/15/2020
...

लेखनाथ,१ फाल्गुन लेखनाथ उद्योग बाणिज्य संघले लेखनाथ नगर क्षेत्र भित्र रहेका सहकारीका अध्यक्ष र ब्यवस्थापकहरुलाई एक दिवसिय सहकारी प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बद्रिनाथ अधिकारीले सहकारीको मुल्य र मान्यताका बारेमा जानकार हुदै सहकारीहरुलाई कसरी आर्थीक समिद्धको वाटो तर्फ अग्रसर गराउन सकिन्छ भन्ने बारेमा चिन्तसिल हुनु पर्नेमा जोड दिदै आर्थीक समिद्धका लागि सहकारीले सामाजिक उत्तरदाईत्व बहन गर्दै परम्परा गत शैलीमा होईन आधुनीक सिप र प्रविधीको प्रयोग गरेर उत्पादनसिल क्षेत्रमा लगानी वढाउनु पर्ने सुझाव राखेका थिए । सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले राज्यले अवलम्वन गरेका निती तथा नियमको पालना गर्दै यस क्षेत्रको आर्थीक एवंम सामाजिक विकासका लागि सहकारीको भुमीका महत्वपुर्ण रहेकाले सहकारीहरुले उद्योगी ब्यवसायीहरुलाई लागानीमैत्री वातावरण सृजना गर्नु पर्ने विचार राखेका थिए । कार्यक्रममा पोखरा महानगरपालिका सहकारी साखाका सदस्य भीम गुरुङ,भुमी ब्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयका अधिकृत सागर खनाल र नेÇस्कुन पोखरा कलस्टरका संयोजक चन्डीप्रसाद शर्माले सहकारीले अवलम्वन गर्ने निती नियम तथा आचार संघिताका वारेमा जानकारी गराउदै परिवर्तीत ऐन नियमको पालन गर्दै आर्थीक क्षेत्रको विकासमा अग्रसर हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रम सहकारी तथा वित्तिय संघ सस्था समन्वय समितिका अध्यक्ष ईन्द्रबहादुर थापाको अध्यक्षतामा भएको थियो । यसैविच पोखरा महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतका रुपमा नियुत्ती हुनु भएका बद्रिनाथ अधिकारीलाई लेखनाथ उद्योग बाणिज्य संघको तर्फबाट स्वागत तथा सम्मान समेत गरिएको थियो । उक्त कार्यक्रमको संचालन संघका महासचिव गोपीचन्द्र वास्तोलालले गरेका थिए ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: