!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!

बजार अनुगमन र ब्यवस्थापनमा सक्रिय हुदै लेउवा संघ

LCCI News: Posted at 02/27/2020
...

लेखनाथ,१५ फागुन लेखनाथ उद्योग बाणिज्य संघले आफना ब्यवसायीहरुको हक हितका सवालमा वजार अनुगमन र बजार ब्यवस्थापनाका कामलाई अगाडी वढाउने भएको छ । बजारमा विना दर्ताका ब्यवसायीहरुले गाडीमा सामान ल्याएर खुल्ला रुपमा विक्रि वितरण गर्दा ब्यवसायीहरु मर्कामा परेको भन्दै संघको सक्रियता स्थानिय प्रशासनको सहयोगमा पोके र घुमन्ते फिरन्ते ब्यापारलाई नियन्त्रण गर्ने अभियान संचालन गर्ने भएको हो । संघले विहिवार बजार अनुगमन उप समिति र बजार ब्यवस्थापन उप समितिको बैठकले खल्ला रुपमा ब्यापार गर्दै आएका र विना दर्ता एवंम इजाजत नभएका ब्यापारीको खोजी गरि कारवाहीका लागि प्रशासनमा आग्रह गर्ने निर्णय गरेको हो । बजार अनुगन उप समितिका संयोजक भरतराज ओझाको अध्यक्षतामा भएको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष बिनोद कुमार श्रेष्ठ,महासचिव गोपीचन्द्र बास्तोला र सह संयोजक बालकृष्ण तिवारीले दर्तावाल ब्यवसायीको हक हितका सवालमा संघले आवाज उठाउनु पर्नेमा जोड दिएका थिए । त्यसैगरि बजार ब्यवस्थापन उप समितिका संयोजक पदमराज पौडेलको अध्यक्षतामा बसेको बैठकले लेखनाथ नगर क्षेत्रका ब्यापारीक केन्द्रको सुन्दरता बढाउन र ब्यवसायी विचको सम्वन्धलाई जिवन्त राख्न लेखनाथ उद्योग बाणिज्य संघले अभिभाकत्वको भुमिका निभाउनु पर्ने सुझाव राखेका थिए ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: