!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

प्रेस विज्ञप्तिी

LCCI News: Posted at 03/12/2020
...

२०७६ फागुन २९ गते विश्व व्यापि रुपमा फैलिएको कोरोना भाईरस COVID-19 को कारणबाट छिमेकी मुलुकबाट आयात गरिने विभिन्न सामानहरु मध्ये दैनिक उपभोग्य खाधान्न सामाग्री तथा औषधी जन्य वस्तुहरु उपभोक्ताहरुले आववश्यकता भन्दा बढि खरिद गर्ने र विक्रेताहरुले पनि कृतिम अभाव देखाई अनुचित लाभ लिई विक्रि गर्ने गरेको भन्ने व्यापक जनगुनासो आएको सन्दर्भमा यस संघको गम्भीर ध्यानाकर्षण भएको छ । कोरोना भाईरसबाट विश्वका विभिन्न मुलुकहरु प्रभावित भएता पनि हालसम्म यसको असर नेपालमा नेदेखिएको जानकारी आधिकारिक निकायबाट संम्प्रेषण भईरहेको सन्दर्भमा आम जनसमुदायमा नआत्तिन, अनावश्यक भ्रममा नपर्नुहुन जानकारी गराईन्छ । कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि नियमित रुपमा सावुन पानीले हात धुने सरसफाईमा विशेष ध्यान दिने जस्ता सामान्य कुराबाट यसको रोकथाम सहज हुने हुंदा यी अभ्यासहरुलाई व्यवहारमा उतार्न र यस क्षेत्रमा कृयाशिल सम्पुर्ण उद्योगी व्यवसायीहरुले पनि देश तथा समाजमा पर्न सक्ने समस्याको एकजुट भै समाधान गर्न तथा सामानहरुको कृतिम अभाव सृजना गरि अनुचित फाईदा लिई विक्रि वितरण नगर्र्नुहुन र उपभोक्ताजनहरुले पनि आवश्यकता भन्दा बढि सामान खरिद गरि नराख्न आमजनसमुदाय समक्ष लेखनाथ उद्योग वाणिज्य संघ हार्दिक अपिल गर्दछ । बलराम ढकाल अध्यक्ष

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: