!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!

कोरोना भाईरस सम्बन्धी सचेतना कार्यक्रम, कृत्रिम अभाव र मुल्यवृद्धिका विषयमा संघको ध्यानाकर्षण

LCCI News: Posted at 03/17/2020
...

- रामशरण नेपाली विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाईरसको विषयमा सचेतना कार्यक्रम बिहिबार सम्पन्न भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आयोजित कार्यक्रममा कोरोना भाईरस के हो ? यो कसरी सर्दछ ? यसबाट कसरी जोगिने ? अपनाउनु पर्ने सचेतता लगायतका विषयमा डब्लु एच ओ ईर्मजेन्सी हेल्थका डा. राजीव लालचनले जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एस पी दान बहादुर कार्किले सामाजिक सञ्जालमा आउने हल्लाको पछि नलाग्न सरसफाईमा अलि बढि ध्यान दिन आग्रह गरे । एस पि कार्किले हल्लाको भरमै सर्वसाधारणहरुमा अनावश्यक मौज्दात राख्ने प्रवृति देखीएको र व्यवसायीहरुले पनि नाफा कमाउनका लागि लुकाउने प्रवृति अपनाएकाले बजारमा अभावको हल्ला चलेको वताए । अनावश्यक रुपमा मौज्दात जम्मा गर्नुपर्ने अवस्था अहिले नरहेको र केही व्यवसायीहरुले पनि सामान लुकाउने गरेको छन भने व्यवसायीक संस्थाले त्यसको अनुगमन गर्नुपर्ने वताए । लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले अहिलेको अवस्थामा जसरी प्रचार भईरहेको छ त्यसले अवस्था झनै भयावह हुने हुँदा यसको विषयमा सहि ढंगले जनचेतना फैलाउनुपर्नेमा जोड दिएका थिए । पुर्व अध्यक्ष बाबुराम गिरीले रोकथामका उपायहरु अपनाउन जरुरी रहेको वताउँदै नेपालमा हालसम्म संक्रमण भईसकेको अवस्था नभएको भए पनि सचेत हुन जरुरी रहेको वताए । कार्यक्रममा विभिन्न व्यवसायीहरु, संघ संस्थाका प्रतिनिधिहरु, शिक्षण संस्था संग आवद्ध संगठनका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । कृत्रिम अभाव र मुल्यवृद्धिका विषयमा संघको ध्यानाकर्षण यसैविच लेखनाथ उद्योग वाणिज्य संघले कोरोना भाईरस को कारणबाट छिमेकी मुलुकबाट आयात गरिने विभिन्न सामानहरु मध्ये दैनिक उपभोग्य खाधान्न सामाग्री तथा औषधी जन्य वस्तुहरु उपभोक्ताहरुले आवश्यकता भन्दा बढि खरिद गर्ने र विक्रेताहरुले पनि कृत्रिम अभाव देखाई अनुचित लाभ लिई विक्रि गर्ने गरेको भन्ने व्यापक जनगुनासो आएको भन्दै यसमा आफ्नो सन्दर्भमा यस संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विहिबार एक विज्ञप्ती जारी गर्दै संघले कोरोना भाईरसबाट विश्वका विभिन्न मुलुकहरु प्रभावित भएता पनि हालसम्म यसको असर नेपालमा नेदेखिएको जानकारी आधिकारिक निकायबाट संम्प्रेषण भईरहेको सन्दर्भमा आम जनसमुदायमा नआत्तिन, अनावश्यक भ्रममा नपर्न अनुरोध गरेको छ । कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि नियमित रुपमा सावुन पानीले हात धुने सरसफाईमा विशेष ध्यान दिने जस्ता सामान्य कुराबाट यसको रोकथाम सहज हुने हुंदा यी अभ्यासहरुलाई व्यवहारमा उतार्न र यस क्षेत्रमा कृयाशिल सम्पुर्ण उद्योगी व्यवसायीहरुले पनि देश तथा समाजमा पर्न सक्ने समस्याको एकजुट भै समाधान गर्न तथा सामानहरुको कृतिम अभाव सृजना गरि अनुचित फाईदा लिई विक्रि वितरण नगर्र्नुहुन र उपभोक्ताहरुले पनि आवश्यकता भन्दा बढि सामान खरिद गरि नराख्न आमजनसमुदाय समक्ष लेखनाथ उद्योग वाणिज्य संघ हार्दिक अपिल गर्दछ संघका अध्यक्ष बलराम ढकालद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: