लेखनाथ उद्योग वाणिज्य संघ २०५४ सालमा स्थापना भई यहाँका उद्योगी व्यवसायीको हकहितका सवालमा समग्र एकता कायम राख्दै विभिन्न सरकारी एवं गैहे सरकारी संघ संस्थासँग हातेमालो गर्दै यस क्षेत्रको आर्थिक सामाजिक सांस्कृतिक लगायत सर्वाङ्गिक विकासमा अविच्छिन्न क्रियाशिल संस्था रहेको कुरा सर्वविदितै छ । यस संघ नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगर सदस्य तर्फ विभिन्न समयमा विभिन्न वर्गमा उत्कृष्ट सदस्यको रुपमा सम्मानित हुदै गत वर्ष पनि ‟क” वर्गमा नेपाल भरका सम्पुर्ण उद्योग वाणिज्य संघहरुमा सर्वाेकृष्ट संस्थाको रुपमा पुरस्कृत भएको संस्था हो । आफ्ना काम कर्तव्य, अधिकार प्रति पूर्ण जिम्मेवार भई अगाडी बढेको लेखनाथ उद्योग वाणिज्य संघलाई अगाध प्रेम, आस्था, विश्वास राख्नु हुने सवै—सवै प्रति संघ हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्दछ । हाल यस क्षेत्रलाई नै कार्यक्षेत्र बनाएर कुनै संस्थाले इकाई विस्तार गरेको खबर विभिन्न पत्रपत्रिका तथा संचार माध्यमबाट सुन्नमा आएको कुराले लेखनाथ उद्योग वाणिज्य संघको ध्यानार्कषण भएको छ । यस अवस्थामा उक्त इकाईसँग लेखनाथ उद्योग वाणिज्य संघको कुनै किसिमको सम्वन्ध नरहेको जानकारी गराउदै आम उद्योगी व्यवसायी तथा शुभचिन्तकहरुलाई कुनै किसिमको विचलन वा भ्रममा नपर्नुहुन समेत जानकारी गराइन्छ । साथै आगामी दिनमा पनि लेखनाथ उद्योग वाणिज्य संघ सदा जस्तै आफ्नो उद्देश्यमा निरन्तर अगाडी बढिरहने दृढता सहित प्रतिबद्धता व्यक्त गर्दछ । बलराम ढकाल अध्यक्ष