!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!

कोरोना भाइरस (कोभिड १९) बारे प्रेस विज्ञप्ति

LCCI News: Posted at 03/23/2020
...

विश्वव्यापी संक्रमणको रुपमा फैलदै आएको कोरोना भाइरस (कोभिड १९) को विषयमा सचेतना जगाउन तथा संक्रमणको प्रभाव कम गर्नका लागि नेपाल सरकारका विभिन्न तहबाट घोषणा गरिएका कार्यक्रम बमोजिम अत्यावश्यक उपभोग्य बस्तु औषधी, पानी, ग्यास, बैंक वित्तिय संस्था, इन्धन, दुध, तरकारी, खाद्यान्न, पशुपंक्षि आहार आदीको कारोवार बाहेक सम्पूर्ण उद्योग व्यवसाय बन्द गरि संक्रमण प्रभावहलाई कम गर्नका निमित्त सहयोग गरिदिनुहुन लेखनाथ उद्योग वाणिज्य संघ सम्पुर्ण व्यवसायीहरुमा हार्दिक अनुरोध गर्दछ । यस संक्रमण अवस्थामा स्वास्थ्य प्रतिको सचेतनामा अपनाउनुपर्ने कुराहरु जस्तै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, भीडमा नजाने र सेल्फ क्वारेण्टाइनको विधिको पूर्ण पालना गर्न, प्रत्यक्ष पैसाको लेनदेनलाई कम गरि युग अनुसारको आधुनिक प्रविधि अवलम्वन गर्नु हुन, नियमित रुपमा सावुन पानीले हात धुन र सरसफाईमा विशेष ध्यान दिनुहुन लगायतका विषयमा ध्यान दिई ‟आफु सुरक्षित रहे मात्र अरुलाई सुरक्षित राख्न सकिन्छ” भन्ने आशायका साथ सुरक्षा विधि अपनाउनु हुन पनि सर्वसाधारणमा अनुरोध गरिन्छ । साथै यस विषम परिस्थितीका कारण उद्योगी व्यवसायीलाई परेका बैंक व्याज तथा किस्ता, मासिक घर भाडा लगायतका विभिन्न समस्याहरु प्रति राज्यको ध्यानाकर्षण गराउन चाहन्छौं । बलराम ढकाल अध्यक्ष

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: