!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

दिवंगत भण्डारीका परिवारलाई लेउवा संघको सहयोग

LCCI News: Posted at 04/12/2020
...

लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायी सदस्य स्वर्गीय रेशमलाल भण्डारीको परिवारलाई आर्थिक सहयोग गरेको छ । संघको व्यवसायी सदस्य भण्डारीले पोखरा ३० को शिसुवामा कृपा सपिङ सेन्टर संचालक गर्दै आएका थिए । भण्डारीको गत चैत २४ गते ६३ वर्षको उमेरमा निधन भएपछि संघले स्थापना गरेको व्यावसायिक राहत कोषबाट आइतबार ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो । पोखरा ३० शिसुवामा बसोवास गर्दै आएका स्वर्गीय भण्डारीको परिवारलाई लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, लक्ष्मी प्रसाद त्रिपाठी, द्वितीय उपाध्यक्ष राजेन्द्र ओझा, उपमहासचिव राजु सुवेदी लगायत कार्यसमितिका सदस्य र व्यवसायीहरुको उपस्थितिमा स्वर्गीय भण्डारीका छोरी सुमन भण्डारी सापकोटा र कृपा भण्डारी आचार्यलाई उक्त रकम हस्तान्त्रण गरिएको हो । संघले व्यवसायी सदस्यको हकहितका लागी समय समयमा पर्ने अकल्पनीय घटनालाई ध्यानमा राख्दै ब्यवसायी सदस्य कै मृृत्यु भएकामा ५० हजार रुपैयाँ र व्यवसायी सदस्यका नजिकका आफन्तको मृत्यु भएमा राहत स्वरुप ५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ । यस अघि संघ कै कार्यसमिति सदस्य सरोज अधिकारी लगायत अन्य दुई जनाको परिवारलाई पनि संघले सहयोग गरिसकेको छ । स्वर्गीय भण्डारी विगत लामो समयदेखि सुगर र प्रेसर रोगबाट पीडित थिए । उनका दुई छोरी र नाती नातीनाहरु छन् । श्रीमतीको चार महिना अगाडि निधन भएको थियो ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: