लेखनाथ । लकडाउनका कारण घरमा चुलै नबल्ने अवस्थामा पुगेका अति विपिन्न परिवारलाई लेखनाथ उद्योग वाणिज्य संघले केही दिन यता तयारी खाना खुवाउदै आएको छ । पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ सम्मका अति विपिन्न परिवारका लागि दैनिक रुपमा विहान र बेलुकाको खाना खुवाउने कार्यक्रम शनिवार पनि जारी रहेको संघका अध्यक्ष वलराम ढकालले जनाकारी दिएका छन् । गत बैसाख ९ गते देखि जारी अभियान अन्तरगत प्रत्येक दिन करिव १२ सय जनालाई विहान बेलुकाको खाना खुवाउदै आएको संघले पोखरा २६ को नमस्ते पाटी प्यालेसमा खाना पकाएर सम्वन्धित ठाउमा नै खाना पुर्याउदै आएको छ । वडाको सिफारीस र स्थानिय टोल विकास सस्था तथा आमा समुहको सहयोगमा नामावली संकलन गरी विहान ९ वजे र बेलुका ६ वजे खाना तयार गरी पाएक पर्ने विभिन्न ठाउमा तयारी खाना बितरण गर्दै आएको संघका महासचिव गोपिचन्द्र वास्तोलालले जनकारी दिए ।