!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!

ब्यवसायीको समस्या प्रति सचेत हुदै लेउवा संघ

LCCI News: Posted at 05/11/2020
...

लेखनाथ,२९ बैशाख । कोरना भाईरसले निम्त्याएको लकडाउनका कारण उद्योग ब्यवसायीहरुको क्षेत्रमा पु¥याएको समस्या प्रति सचेत हुदै लेखनाथ उद्योग बाणिज्य संघले आवाज उठाइरहेकोे छ । संघले सोमवार विभिन्न उप समितिका संयोजक तथा सह संयोजकहरुका विच छलफल गरि ब्यवसायीहरुको हक हितका सवालमा समस्याको निराकरण गरि सम्वन्धित निकायमा आवाज पु¥याउन छलफल गरिएको हो । ब्यवासयीहरुका समस्या प्रति संघले खेलेकोे भुमिका र कोभिद भाईरसका कारणले आगामी दिनमा पर्ने समस्याका बारेमा जानकार हुुन सुझाव दिदै ब्यवसायले भोग्नु परेका समस्याका बारेमा सम्वन्धित निकायमा ध्यानाकर्षण गराउनु पर्नेमा जोड दिईएको थियो । कार्यक्रममा संघका अध्यक्ष बलराम ढकालले लकडाउनको समयमा ब्यवसायीहरुले भोग्नु परेका समस्या प्रति संघ जिम्मेवारी भएर अगाडी वढेको र आगामी दिनमा पनि संघ सहकार्य गरेर आगाडी वढ्न तयार रहेको बताउनु भएको थियो । सोही अवसरमा संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय र महासचिव गोपिचन्द्र वास्तोलाले कोभिद भाईरसका कारण देशमा सुजित अवस्थालाई मध्यनजर राखी सरकारले दिर्घकालिन समस्याको समाधानका उपायहरुलाई अगाडी वढाउनु पर्ने सुझाव राख्नु भएको थियो । यसै बिच संघले आफना सल्लाहकार र पदाधिकारीहरु बिच छलफल गरि आफ्नै ब्यवसायी सदस्यका समस्या प्रति सचेत हुदै नेपाल सरकारसँग आवाज पु¥याउनु पर्ने सुझाव राखिएको थियो भने कृषिमा आधारित उत्पादन, र स्वदेशी वस्तु प्रयोग गर्ने उद्योगलाई प्रत्साहन गर्दै स्वदेशी उत्पादन र प्रयोगलाई विशेष प्रवद्र्धनमा लविङ गर्नु पर्ने जोड दिईएको थियो ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: