!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!

कोरोना भाइरस COVID-19 सम्बन्धी प्रेस बिज्ञप्ती

LCCI News: Posted at 05/21/2020
...

प्रेस बिज्ञप्ती मिति २०७७/०२/०८ विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस COVID-19 बाट सिंगो मानव समुदायमै गम्भीर संकट पैदा भएको छ । विश्वभरमा मानवीय क्षति कल्पना भन्दा वाहिर जांदैछ र विश्व अर्थतन्त्रमा अकल्पनीय संकट देखापर्दैछ । हाम्रै मुलुकमा पनि संक्रमित र मृत्यु हुने संख्या दिन प्रतिदिन बढिरहेको अवस्थामा यस महामारिको विरुद्ध नेपाल सहित विश्वनै लडिरहेको परिपेक्षमा मुलुकलाई बचाउन अहोरात्र अग्रपंक्तिमा रहेर सेवा पु¥याईरहनु भएका डाक्टर, नर्स, स्वास्थ्यकर्मीहरू, सुरक्षा निकायहरू, सफाईकर्मीहरू प्रति लेखनाथ उद्योग वाणिज्य संघ सम्मान प्रकट गर्दछ । यस संघ, कोरोनाबाट स्वदेश तथा विदेशमा मृत्यु हुने नेपाली दाजुभाई दिदी बहिनी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण तथा शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दै संक्रमीत भई उपचारत सम्पूर्ण महानुभावहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । यस्तो जटिल परिस्थितिमा एकातिर संक्रमण नियन्त्रण गर्नुपर्ने कठिन चुनौती छ भने अर्कोतिर मुलुकको उद्योग व्यवसाय सहित समग्र अर्थतन्त्रलाई जोगाउनु पर्ने निकै कठिन जिम्मेवारी हाम्रा कांधमा छ । उद्योग व्यवसाय र अर्थतन्त्रनै बचाउन सकेनौ भने कोरोना पछिको अवस्था झन् भयावह हुने तर्फ हामी सबै सचेत हुनुपर्दछ । मुलुक लगातार बन्दाबन्दीको अवस्थामा रहदा अति आवश्यक वस्तुका उद्योग तथा व्यवसाय बाहेक सम्पूर्ण जनजीवन ठप्प भई नेपालको समग्र अर्थतन्त्रमा चक्रिय आर्थिक संकट पर्न गएको र संचालित उद्योग व्यवसाय पनि कच्चा पदार्थ, कामदार र बजारको समस्या, ढुवानी लगायतका कारणबाट अति कम क्षमतामा मात्र संचालन भएको अवस्था छ । केही उद्योग व्यवसायहरुले लगानी गर्न नसकी संकुचित भई उत्पादन घट्न गएको छ । यस्तो विषम परिस्थितिमा आफ्ना उद्योगधन्धा सहित समग्र अर्थतन्त्रलाई जोगाउन हाम्रा छिमेकी देशहरूले खर्वाैको आर्थिक राहत प्याकेजहरूको घोषणा गरिसकेको पृष्ठभुमिमा नेपाल जस्तो अल्पविकसित मुलुकका उद्योग, व्यापार तथा व्यवसाय धरासायी हुने स्थिति सृजना हुने भएकोले निजी क्षेत्रको मनोबल कायम राखी अर्थतन्त्रलाई थप क्षति हुनबाट जोगाई पुनर्उत्थान गर्नका लागि नेपाल सरकारलाई आर्थिक पुनर्उत्थान प्याकेज तत्काल घोषणा गर्न यस संघ हार्दिक आग्रह गर्दछ । यस्तो कठिन परिस्थितिमा आगामी आ.व २०७७/७८ को बजेट मार्फत उद्योगी व्यवसायीको समस्या संवोधन गरी उद्योग व्यवसाय संचालन गर्ने र समग्र निजी क्षेत्रको मनोवल उच्च राख्न आर्थिक पुनर्उत्थान प्याकेज घोषणा गरी सोहि बमोजिमका उपयुक्त नीति तथा राहतका समयबद्ध कार्यक्रमहरू ल्याउन नेपाल सरकार समक्ष आग्रह गर्दछौं । यस संकटको घडिबाट आर्थिक क्षेत्रलाई बचाउनको लागि यस संघको तर्पmबाट तपशिल बमोजिमको सुझावहरु नेपाल सरकार समक्ष राख्दछौं । १.नेपाल सरकार र नेपाल राष्ट्र बैंकले घोषणा गरेको पुनर्कर्जा कोषलाई बढाउँदै लैजाने निर्णय साना तथा मझौला व्यवसायीहरुको पहुँच सम्म पु¥याउनको लागि विशेष व्यवस्था गरियोस् । २.बन्दाबन्दीको कारण साना, मझौला तथा पर्यटन उद्योगहरुले मजदुरलाई पारिश्रमिक दिन नसक्ने अवस्था सृजना भएको र लकडाउन खुले पश्चात पनि तत्काल पूर्ववत् अवस्थामा उद्योग व्यवसाय सहज रुपमा संचालन आउन सक्ने सम्भावना कम रहेकाले लकडाउन अवधिभर मजदुर र रोजगारदाता दुबैलाई मर्का नपर्ने गरि तलबमान कायम गर्न तथा यो समस्या समाधानको लागि छुट्टै कोष परिचालन गरियोस् । ३. लकडाउन अवधिभरको विद्युतको डिमाण्ड शुल्क मिनाहा गरियोस् । पर्यटन उद्योगको हकमा यो व्यवस्था अझ केही महिनासम्म कायमहोस् । लकडाउन अवधिभर सवै उद्योगहरुको विद्युत महसुल ५० प्रतिशत छुट गरियोस् । ४. कर्जाको समयसीमा एक वर्ष थप गरियोस् । ब्याजदर कम गरियोस् । व्यवसाय ठप्प भएको कारण बासलात ऋणात्मक र कारोबार कम भए पनि कर्जा नविकरण तथा ऋण प्रवाह होस् । प्रस्तावित वासलात र धितोको आधारमा ऋण प्रवाहका साथै आवश्यकता अनुसार चालु पूँजीको लागि पनि ऋण प्रवाह गरियोस् । ५. आगामी दिनहरुमा पूँजी र धितो हेरेर नभई आम्दानी, योजना तथा नविनत्म् सोचको आधारमा उद्योगी÷व्यवसायीहरुलाई कर्जा प्रवाह गरियोस् । ६. उद्योगहरुलाई चाहिने कच्चा पदार्थको आपूर्ति व्यवस्था सहज बनाउदै नेपाल आत्मनिर्भर भएका बस्तुहरुको आयातमा कम्तिमा एक वर्ष रोक लगाइयोस् । ७. कृषि क्षेत्रको बजेटलाई विशेष प्राथमिकता दिईयोस् । साथै समयको गम्भिरता हेरी नो वर्क नो पे को व्यवस्था गरियोस् । ८. वैदेशिक रोजगारीबाट फर्केनेहरुको लागि उनीहरुको सिप र क्षमता हेरी रोजगारका कार्यक्रम ल्याइयोस् । ९. ठुलो रोजगारी प्रदान गर्ने कृषि, पर्यटन, होटल, यातायात तथा शैक्षिक संस्थाहरुले लकडाउनको अवधिमा भोगेको आर्थिक क्षतिको मूल्याङ्कन गर्दै विशेष राहत प्याकेज घोषणा गरियोस् । १०. उत्पादकलाई राहातका लागि वस्तुको निर्यातमा लाग्ने करमा छुटको व्यवस्था गरियोस् । ११. सवै भन्दा बढि प्रभावित भएको पर्यटन व्यवसायमा तत्कालै बिदेशी पर्यटकको आगवन हुन सक्ने अवस्था नदेखिएकाले आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्ने खालका पेड होलिडे जस्ता कार्यक्रम ल्याई व्यवसायीहरुलाई राहत पुग्ने गरी बिभिन्न कार्यक्रमहरु संचालन गरियोस् । १२. लकडाउनको कारणले निर्माण कार्यको म्याद थप गर्दा लाग्ने इन्सुरेन्स शुल्क, बैंक जमानत शुल्क स्वत सम्वन्धीत निर्माण गराउने कार्यालयले व्यहोरियोस् साथै निर्माण व्यवसायीहरुका लागि राहत प्याकेज ल्याईयोस् । १३.लकडाउनको अवधिमा वाध्यात्मक परिस्थितिका कारण पान नम्बर विना दिनुपरेको पारिश्रमिक तथा वैंकिङ असुविधाका कारण नगदमा भुक्तानी गर्नुपरेको पारिश्रमिकलाई खर्चमा समावेश गर्न पाउने व्यवस्था होस् । १४. राज्यले परिभाषित गरेको विषय तथा निर्धारण गरिएको नीति तथा कार्यक्रमहरु संघिय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार विच समन्वय गरेर एकरुपता स्पष्ट हुने गरि निर्धारण गरियोस् । बबलराम ढकाल अध्यक्ष

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: