!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

ब्यवसायीका समस्या प्रति लेउवा संघको चासो

LCCI News: Posted at 05/22/2020
...

लेखनाथ,९जेठ । कोरोना भाईरसले निम्त्याएको लकडाउनका कारण उद्योग ब्यवसायहरुको क्षेत्रमा परेको समस्या प्रति लेखनाथ उद्योग बाणिज्य संघले सहजरुपमा ब्यवसाय संचालन गर्नका लागि के गर्न सकिन्छ भन्ने वारेमा छलफल गरेको छ । लेखनाथ उद्योग बाणिज्य संघले गठन गरेको बजार ब्यवस्थापन उप समिति तथा संघका पदाधिकारी विच शुक्रवार राखेको छलफलमा लकडाउनले गर्दा उद्योग ब्यवसायको क्षेत्रमा पुर्याएको असरका बारेमा प्रशासनसँग वसेर दिर्घकालिन रुपमा के गर्न सकिन्छ भने बारेमा सुझाव संकलन गरिएको हो । लकडाउन पश्चात आउने भयावह स्थिति र स्वदेशमा फर्कने नेपाली युवाहरुलाई लक्षित गरि स्थानिय उत्पादनलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको थियो । बजार ब्यवस्थापन उपसमितिका संयोजक पदमराज पौडेलको अध्यक्षतामा वसेको बैठकमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले उद्योग ब्यवसायीहरुको समस्या प्रति संघ चिन्तनशिल भएको र तिनै तहको सरकार साथै प्रशासनसँग सल्लाह गरि दिर्घकालिन उपायहरुलाई अवलम्वन गर्न तयार रहेको विचार राख्नु भएको थियो । सोही अवसरमा लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विष्णु प्रसाद वरालले रोग लाग्नु पर्व सरसफाईमा अपनाउनु पर्ने होसियारीका लागि संस्थाको तर्फबाट विभिन्न स्थानमा हातधुने पानीको ब्यवस्था मिलाउन आफुहरु नितीगत रुपमा तयार रहेको बिचार राख्नुभएको थियो । कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, महासचिव गोपिचन्द्र वास्तोला र बजार ब्यवस्थापन उपसमितिका समन्वयकर्ता विश्वगोपाल श्रेष्ठ लगायतले सरकारले तोकेको समय तालिका र स्वस्थ्य रहनका लागी अपनाउनु पर्ने सवै विधीहरुको प्रयोग गरेर ब्यवसाय संचालन गर्न पाउनु पर्ने र प्रशासनसँग समयावधी लम्ब्याउनका लागि पहल गरि बजारलाई चलायमान बनाईने बताउनुभएकोे थियो ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: