!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!

किसानको तरकारी खरिद गरी सस्तोमा बिक्री गर्दै लेखनाथ उद्योग वाणिज्य संघ

LCCI News: Posted at 06/05/2020
...

लेखनाथ । तनहुँको सत्रसय फाँटको तरकारी खरिद गरेर लेखनाथ उद्योग वाणिज्य संघले लेखनाथ क्षेत्रमा बिक्री वितरण गरेको छ । संघले पहिलो पटक बुधबार तनहुँबाट तरकारी ल्याएर बिक्री सुरु गरेको हो । परीक्षणका रुपमा बिक्री सुरु गरिएको महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिए । लेखनाथ उद्योग वाणिज्य संघले कृषि उपज खरिद बिक्री केन्द्रसमेत छिट्टै संचालनमा ल्याउने तयारी गरेको छ । ‘हाल बजारमा देखिएको तरकारी अभाव र उपभोक्ताहरुको माग र सुझाव अनुसार ताजा तरकारी खरिद गरी बिक्री वितरण सुरु गरेका हौंं,’ महासचिव बास्तोलाले भने । करेला र घिरौलाका प्रति किलो ३० रुपैयाँमा, काक्रो प्रतिकिलो ३५ रुपैयाँमा, टमाटर प्रतिकिलो ६० रुपैयाँ, बोडी प्रति मुठा ४५ रुपैयाँमा, भेन्डी प्रतिकिलो ५० रुपैयाँमा र रायो साग प्रति मुठा ३० रुपैयाँमा बिक्री गरिएको उपमहासचिव उपेन्द्रराज सुवेदीले जानकारी दिए । ‘बजारमा तरकारीको मूल्य अत्याधिक वृद्धि भइरहेको अवस्थामा नाफा लिने उद्देश्य नभइ लागत मात्रै उठ्ने गरी तरकारी बिक्री गर्न लागेका छौं,’ उनले भने । तरकारी खरिद बिक्रीको अभियानलाई छिट्टै कृषि उपज खरिद बिक्री केन्द्र लगेर जोडिने महासचिव बास्तोलाले जानकारी दिए ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: