!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

व्यापार व्यवसायखुलाउन पहल गर्दै लेखनाथ उद्योग बाणिज्य संघ

LCCI News: Posted at 06/06/2020
...

लेखनाथ । लेखनाथ क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउँदै व्यापार व्यवसायखुलाउन लेखनाथउद्योग बाणिज्य संघले पहल गरेको छ । सरकारले कर तिर्न ताकेता गरिरहेका बेलाअर्थतन्त्रलाई चलायमान बनाउनका लागि सुरक्षाको पूर्ण व्यवस्था गर्दै,समय तालिकामिलाएर व्यापार व्यवसाय संचालन गर्नुपर्ने व्यवसायीहरुकै आग्रहमा संघले व्यापार व्यवसाय खुलाउन पहल अगाडि बढाएको हो । शनिवार आयोजित छलफल कार्यक्रममा परिस्थितिकोविषमतालाई ध्यानमा राख्दै लकडाउनले निम्त्याएको संकटबाट बच्दै आर्थिक गतिविधि संचालन गर्न प्रशासनले तोकेको समयमा सबै निर्देशन पालना गर्दै व्यवसाय गर्न तयार रहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइराला, पोखराउद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी तथा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्षद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा व्यवसायको प्रकृति हेरी समय तालिका अनुसारव्यवसाय खुलेमा त्यसले अर्थतन्त्रलाई गति दिने उल्लेख गरिएको अध्यक्ष बलराम ढकालले वताए । कार्यक्रममा आफ्ना कार्य क्षेत्रमा बजार व्यवस्थापनलाई कृयाशील बनाउदै बजार अनुगमनउपसमिति र कार्यसमितिबाट एउटा छुट्टै अनुगमन समिति बनाएर सामाजिक दुरी कायमभएनभएको , सुरक्षाका उपायहरु अपनाएनअपनाएको वारे अनुगमन गरिने संघका वरिष्ठ उपाध्यक्षछत्रधर आत्रेयले वताए । उपभोक्ताहरुको सुरक्षा अनिस्वास्थ्यप्रति सचेतता अपनाउदै भीडभाड कम हुने ब्यवस्था मिलाएर व्यापार व्यवसायखुलाउन पहल भैरहेको संघका महासचिव गोपिचन्द्र वास्तोलाले बताएका छन् ।सामाजिक दूरी कायम गर्दै समय तालिका अनुसार व्यवसाय खोल्नुपर्ने,सचेतताअपनाउदै जुनसुकै हालतमा पनि व्यवसाय संचालन गर्ने वातावरण बन्नुपर्नेमा सहभागीहरुले जोडदिएका थिए ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: