!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

राज्यलाई अप्ठ्यारो पर्दा ब्यवसायीले सहयोग गर्नु पर्छ

LCCI News: Posted at 06/18/2020
...

लेखनाथ - असार ४ कोरोना भाईरसका कारण थला परेको अर्थतन्त्रलाई माथि उठाउन राज्य र ब्यवसायी विचको सम्वन्ध बलियो हुनु पर्ने बताईएको छ । लेखनाथ उद्योग बाणिज्य संघ अन्तरगत गठित उद्योग विकास उपसमितिको विहिवार बसेको बैठकले ब्यवसायीलाई अप्ठ्यारो पर्दा राज्यले र राज्यलाई अप्ठ्यारो पर्दा ब्यवसायीले सहयोग गर्नु पर्नेमा जोड दिईएको हो । सोही अवसरमा ब्यवसायीहरु राज्य प्रति उत्तरदायी हुनु पर्ने र राज्यले पनि आफ्नो दायित्व पुरा गर्न सक्ने हो भने पुर्ववत रुपमा उद्योग धन्दा संचालन गर्न सकिने धारणा राखिएको थियो । उद्योग विकास उपसमितिका संयोजक दयाराज भण्डारीको अध्यक्षतामा बसेको बैठकमा संघका अध्यक्ष बलराम ढकाल, महासचिव गोपिचन्द्र वास्तोला, कार्यसमिति सदस्य विक्रम कर्माचार्य र मेघराज पौडेल लगायतले आ आफ्नो विचार राख्नुभएको थियो।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: