२०७७/०४/०२ जनस्तरबाट मुठी दानदेखि सर्वस्वदाताको सहयोगले वि सं २०६० साल फाल्गुणमा महायज्ञ गरी वि स २०६२ सालदेखि संचालनमा रहेको लेखनाथ सामुदायिक लायन्स अस्पतालको स्तरोन्नति गर्दै जनतालाई सहयोग पुग्ने गरी अस्पतालको स्वामित्व गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको खवरले लेखनाथ उद्योग बाणिज्य संघलाई खुसि लागेको छ । पोखरा महानगरपालिका वडा नं ३० को मोहोरियामा रहेको सामुदायिक अस्पतालको स्वामित्व गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरि समग्र गण्डकी प्रदेशका जनतालाई स्वास्थ्य सेवा पु¥याउने जुन उद्देश्य छ त्यसको स्वागत गर्दै आगामी दिनमा पर्ने जुन सुकै सहयोग गर्न पनि लेखनाथ उद्योग बाणिज्य संघ तयार रहेको छ । अस्पतालको स्वामित्व गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएपछि अव गण्डकी प्रदेश सरकार मातहतको गण्डकी प्रदेश शंक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल नामकरण भएपछि यसले लक्ष्य अनुसारकै सेवा दिनमा संघ विश्वस्थ रहेको छ । साविक लेखनाथ नगर क्षेत्रको विकासका लागि संघको तर्फबाट समय समयमा भएको पहलका वारेमा यहाँहरुलाई जानकारी भएकै विषय हो । लेखनाथ उद्योग वाणिज्य संघले अगाडी सारेको शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको विकासलाई यसले थप सहयोग पु¥याउने र जुन सुकै रोगको उपचारका लागि बाहिर बाहिर धाउनु पर्ने अवस्थाको अन्त्य भई आम जनमानसमा सुखि र खुसीको सन्देश जानेमा यस संघ विश्वस्थ छ । समुदायबाट संचालित अस्पतालको स्वामित्व प्रदेश सरकार मातहतमा जानुले यस क्षेत्रको विकासमा थप सहयोग पुगेको लेखनाथ उद्योग वाणिज्य संघको ठहर छ । बलराम ढकाल अध्यक्ष