लेखनाथ । विश्व व्यापी रुपमा फौलिएको कोभिड—१९ को निजी विद्यालयमा परेको असर सम्वन्धमा लेखनाथ उद्योग बाणिज्य संघले छलफल कार्यक्रम सम्पन्न गरेको छ । कोभिड–१९ले शिक्षा क्षेत्रमा पारेको असर सम्वन्धमा लेखनाथ क्षेत्रका सरोकार वालाहरुसंँग सोमवार राखिएको कार्यक्रममा छलफल गर्दै प्रकोपको मारमा परेका विद्यालयहरु संचालन गर्न लेखनाथ उद्योग बाणिज्य संघले चासो देखाएको छ । कार्यक्रममा बोल्दै नेशनल प्याब्सानका बरिष्ठ केन्द्रिय उपाध्यक्ष ज्ञानेन्द्रमोहन भटराईले सरकारले अन्य क्षेत्रलाई जस्तै निजी विद्यालयलाई पनि सम्बोधन गर्नु पर्नेमा जोड दिँदै विद्यार्थीको भबिष्य अन्योलमा नराख्न आग्रह गरे । सोही अवसरमा प्याव्सन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्माले समग्र विद्यालयको अवस्थाका बारेमा जानकारी गराउदै शिक्षा क्षेत्रमा देखिएको अन्यौलताको छिटै अन्त्य हुनु पर्ने माग राखेका थिए ।उनले कास्कीमा मात्रै १५ हजार शिक्षककर्मचारीले निजी विद्यालयमा रोजगारी पाएका वताए । निजी विद्यालय असफल बनाउने तत्वहरु हावीहुन थालेका भन्दै उनले कास्कीमा १ लाख १५ हजार बढी विद्यार्थी हरुको भबिष्य निजी विद्यालयसँग जोडिएको वताए । कार्यक्रममा एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारील ेशिक्षामा विभेदकारी नीतिको अन्त्य हुनु पर्नेमा जोड दिदै अब बैकल्पिक उपाय खोजेर विद्यालयहरु संचालन गर्नुपर्ने बताएका थिए भने युनिप्स कास्कीका अध्यक्ष सन्त बहादुर गुरुङले निजी क्षेत्रका विद्यालय संचालनमा सरकारी नीति नै स्पष्ट नभएको गुनासो राखेका थिए । सोही अवसरमा संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले निजी क्षेत्रका ब्यवसायीको समस्या प्रति सरकार गम्भीर नभएको गुनासो राखेका थिए भने अर्का पुर्व अध्यक्ष बाबुराम गिरीले स्कुल,कलेज खुलाउन सरकारले नै अग्रसरता देखाउनु पर्ने सुझाव राखेका थिए । संघका अध्यक्ष बलराम ढकालले संघले खेल्नु पर्ने भूमीकाका बारेमा साथै निजी विद्यालयका समस्याप्रति संघ जिम्वेवार भएर सम्वन्धित निकायमा ध्यानाकर्षण गराउने प्रतिवद्धता देखाएका थिए । संघका महासचिव गोपिचन्द्र बास्तोलाले संचालन गरेको कार्यक्रमा बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले धन्यवाद ज्ञापन गरेका थिए ।