कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावका वारेमा ब्यवसायीहरुका वीच छलफल चलाइरहेको लेखनाथ उद्योग बाणिज्य संघले बुधवार सहकारी सम्वन्धी १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । लेखनाथ उद्योग वाणिज्य संघ अन्तर्गत गठित सहकारी तथा वित्तिय संघ संस्था समन्वय उपसमिति संयोजक इन्द्र वहादुर थापाको अध्यक्षतामा लेखनाथ उद्योग वाणिज्य संघसंग आवद्ध रहेका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकहरुका लागि १ दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । नेफस्कून क्षेत्रीय कार्यालय पोखराका बरिष्ठ अधिकृत भरत न्यौपान र नेफस्कून क्षेत्रीय कार्यालय पोखराका अनूगमन अधिकृत श्री पवन मल्लले सहजीकरण गर्दै कोरना भाईरसका कारण आम उद्योग ब्यवसायीहरु मारमा परेका भन्दै आर्थिक अभावका कारण दिन प्रतिदिन जीवन कष्टपुर्ण हुदै आएको वताए । पोखरा महानगरपालिकाका सहकारी विज्ञ भिम गुरुङ्ग लगायतले एउटै उद्देश्य र एउटै भुगोल भएका सहकारीहरु एकिकरणमा जानु राम्रो भएको बताउँदै सहकारी आफैले उत्पादनको क्षेत्रमा लगानी गरेर सेयर सदस्यलाई आय आर्जनमा लगाउन सकिनेमा जोड दिए । सहकारीले परिमार्जित समय अनुसार आफ्नो भूमिका परिवर्तन गर्नुपर्ने कुरामा वक्ताहरुको जोड रहेको थियो । संघका महासचिव गोपिचन्द्र बास्तोलाले संचालन गरेको उक्त कार्यक्रममा कोेषाध्यक्ष जानुका अधिकारीले धन्यवाद ज्ञापन गरेकी थिइन् ।