लेखनाथ,२२ साउन ।
नेपाल उद्योग बाणिज्य महासंघको आसन्न ५४ औ बार्षिक साधारण सभाको चुनावी अभियानका सिलसिलामा नवलपुर जिल्लामा रहेको उद्योग बाणिज्य संघ गैडाकोटको एक प्रतिनिधी मण्डललाई लेखनाथ उद्योग बाणिज्य संघले एक कार्यक्रमका विच स्वागत तथा सम्मान गरेको छ ।
उद्योग बाणिज्य संघ गैडाकोटको भ्रमण टोली र लेखनाथ उद्योग बाणिज्य संघका पदाधिकारीका बिच भएको स्वागत तथा छलफल कार्यक्रममा दुवै संस्थाका विच सहकार्यका आधारमा अगाडी वढ्ने र एक आपसमा भाईचाराको सम्वन्ध विस्तार गर्दै जानु पर्ने कुरामा जोड दिईएको थियो ।
कोरना भाईरसका कारण श्रावणमा हुने भनिएको महासंघको साधारण सभा स्थगित भएको सन्दर्भमा निर्वाचनलाई सहमतिका आधारमा यथासक्य चाडो गराउनु पर्नेमा माग राखिएको छलफल कार्यक्रममा खुल्ला तर्फ महासंघको सदस्य पदमा उमेदवार दिन लाग्नु भएका उद्योग बाणिज्य संघ गैडाकोटका अध्यक्ष अमृत भटचनले दुई संघका विचको अनुभव एक आपसमा साटासाट गर्दै ब्यवसायीक हक हितका सवालमा आवाज उठाउनु पर्नेमा जोड दिनुभएको थियो ।
यसै विच महासंघको ५४ औं बार्षिक साधारण सभा तथा निर्वाचनमा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बाबुराम गिरीले गण्डकी प्रदेश केन्द्रिय सदस्य पदमा आफुले उमेदवारी दिने भएकाले सवैको साथ सहयोग आवश्यक रहेको विचार राख्नुभएको थियो ।
संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पुर्व अध्यक्ष चतुराखर अधिकारी, वावुराम जमरकटेल र सुमन भट्टराई लगायतले गण्डकी प्रदेशका १५ वटै उद्योग वाणिज्य संघ एकढिक्का भई आगामी निर्वाचनमा जानुपर्नेमा जोडदिनुभएको थियो । संघका महासचिव गोपिचन्द्र वास्तोलाले संचालन गर्नुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्णहरि भण्डारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।