लेखनाथ,१८ भाद्र ।
मूख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय ग०८की प्रदेशका प्रमूख सचिव विष्०ाूप्रसाद नेपालले राज्य संचालनका लागि आर्थिक क्रियाकलासँग भाग्ने होईन विषम परिस्थितिको सामना गर्दै लड्नका लागि अनुरोध गर्नु भएको छ ।
लेखनाथ उद्योग बाणिज्य संघले विहिवार राखेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
विश्व ब्यापी रुपमा फौलिएको कोरना भाईरसका कारण कुनै पनि क्षेत्र अछुतो नरहेको आवस्थामा आम जनतामा सुशासनको प्रत्याभुति हुने गरि प्रदेश सरकारले काम गरिरहेको र आगामी दिनमा पनि सरकारी निकाय अझ बढि जिम्मेवारी भएर अगाडी वढ्ने छ मुख्य सचिव नेपालको भनाई रहेको थियो ।
राज्य ब्यवस्था संचालनमा सवै जना जिम्मेवारी भएर सहि सुझाव र सकारात्मक सन्देश अपेक्षा गरिएको प्रशंग उठाउदै प्रमुख सचिव नेपालले गण्डकी प्रदेशको विकास पर्यटन क्षेत्रबाट मात्र सम्भव भएकाले सोही अनुसारका भौतिक संरचना देखि प्राकृतिक स्रोत र साधनको संरक्षणमा योगदान दिनु पर्ने सुझाव दिनुभएको थियो ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले आम ब्यवसायीहरुले भोग्नु परेका समस्याका बारेमा जानकारी गराउनुभएको थियो । त्यसैगरि संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पुर्व अध्यक्ष सुमन भट्टराई, बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय र महासचिव गोपिचन्द्र वास्तोलाले आम ब्यवसायीहरुको समस्या प्रति सजक हुनु पर्ने सुझाव राख्नुभएको थियो ।