!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेउवा संघको सहयोग

LCCI News: Posted at 10/02/2020
...

लेखनाथ,१६ असोज  । लेखनाथ उद्योग बाणिज्य संघले आफ्ना ब्यवसायी सदस्य श्यामु थापा भटराईको डाईभिङ ईन्सिचियुडमा अज्ञात समुहले आगजानी गरि क्षेती पु¥याएकोमा सहयोग गरेको छ । गत साउन २४ गते राती थापाले संचालन गर्दै आएको पोखरा महानगरपालिका वडा नं २६ कालिकाचोकमा रहेको जुपिटर डाईभिङ ईस्टिच्युडमा अज्ञात समुहले आगजानी गरि कार, मोटरसाईकल र स्कुटमा क्षेती पु¥याएको घटनालाई मध्यनजर राख्दै संघले राहत स्वरुप ३० हजार आर्थिक सहयोग गरेको हो । संघको २४ औं बार्षिक साधारण सभाको पुर्व तयारी अन्तरगत शुक्रवार बसेको महिला उद्यमी परिचालन उपसमितिको बैठकमा थापालाई सहयोग स्वरुपको संघका अध्यक्ष बलराम ढकाल,पुर्व अध्यक्ष बावुराम गिरी र लक्ष्मी प्रसाद त्रिपाठीले सामुहिक रुपमा चेक प्रदान गर्नु भएको हो । संघले आफ्ना ब्यवसायी सदस्यहरुमा पर्ने आपत विपत तथा दैवि प्रकोपलाई ध्यानमा राखि ब्यवसायी सदस्यहरुलाई पर्ने पिरमर्कामा यसै गरि राहत कोष मार्फत सहयोग गर्दै आएको हो । महिला उद्यमी परिचालन उप समितिकी सदस्य समेत रहेकी थापाले घटना घटेको दुई महिना पुग्दा पनि दोषी पत्ता नलागेकाले दोषीको खोजी गरि कारवाहीलाई अगाडी वढाउन संघ मार्फत सुरक्षा निकायलाई दवाव दिन आग्रह गरेकी थिईन । यसै विच संघको २४ औं साधारणको तयारीका लागि असोज ५ गते देखि ब्यवसायी सदस्यकोमा प्रतिबेदन पठाउने काम भईरहेको र सोही प्रतिबेदन उपर संघद्धारा गठित विभिन्न २० वटा उप समितिहरुको भेला गरि सुझाव संकलनको काम दैनिक रुपमा भईरहेको महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिनुभएको छ ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: