!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

कास्कीका प्रमुख जिल्ला अधिकारीलाई लेउवा संघमा स्वागत

LCCI News: Posted at 10/06/2020
...

लेखनाथ,२० असोज । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाललाई मंगलवार एक कार्यक्रमका बिच लेखनाथ उद्योग बाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ । कोरना भाईरसका कारण लेखनाथ उद्योग बाणिज्य संघले आफ्नो २४ औं बार्षिक साधारण सभा नयाँ तरिकाले गर्न लागेको संन्दर्भमा विभिन्न उपसमितिको बैठकमा उपस्थित हुनु भएका ढकाललाई संघले ब्यवसायीहरुका समस्या र यस क्षेत्रको वस्तुस्थितिका बारेमा जानकारी गराएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले उद्योगी ब्यवसायीले उत्पादन, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर स्वदेशमा नै रोजगार दिन सक्ने खालका कार्यक्रम ल्याएमा सरकारको तर्फबाट पनि सहयोग र साथ रहने विश्वास दिलाउनु भएको थियो । साथै उहाँले सरकारी निती तथा नियममा रहेर संचालन भएका ब्यवसायले राज्यलाई पनि सहयोग गरेको प्रसंग उठाउदै राज्यले पनि ब्यवसायीको हत हितको सवालमा काम गर्ने र असल कामको सुरुवात ब्यवसायीहरुबाटै आउनु पर्ने धारणा राख्नु भएको थियो । सोही अवसरमा संघका अध्यक्ष बलराम ढकाल, पुर्व अध्यक्ष बावुराम गिरी र महासचिव गोपिचन्द्र वास्तोलाले संघको स्थापना काल देखि सामाजिक क्षेत्रको विकासमा संघले खेलेको भुमिकाको बारेमा जानकारी गराउनु भएको थियो । यसै विच संघको २४ औं साधारण सभाको तयारीका लागि विभिन्न १७ वटा उपसमितिहरुको बैठक वसि सुझाव संकलनको काम मंगलवार देखि सकिएको छ भने पूर्व घोषित कार्ययोजना अन्तरगत साधारण सभा कै जस्तो बार्षिक प्रतिवेदनबाट आएका सुझावका आधारमा असोज २५ गते बस्ने कार्यसमितिको बैठकले अनुमोदन सहित साधारण सभा सम्पन्न गर्ने योजना रहेको छ ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: