!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेउवा संघको २४ औ साधारण सभा सम्पन्न

LCCI News: Posted at 10/12/2020
...

लेखनाथ,२५ असोज  । विश्वब्यापी रुपमा फौलिएको कोरना भाईरसका कारण भेला तथा जमघटबाट साधारण सभा गर्न नमिले पछि लेखनाथ उद्योग बाणिज्य संघले आईतवार फरक शैलिबाट आफनो २४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाको तयारीका लागि असोज ५ गते देखि नै ब्यवसायी सदस्यको घरदैलोमा पुगी प्रतिबेदन पठाउने र सोही प्रतिबेदन उपर विभिन्न विधीबाट राय सुझाव संकलन गरि, संघद्धारा गठित १७ वटा उपसमितिहरु समेतको भेला तथा छलफललाई आधार मानि आईतवार वसेको कार्यसमितिको पुर्ण बैठकलाई साधारण सभाको रुप दिईएको हो । वि स २०५४ सालमा स्थापना भएको लेखनाथ उद्योग बाणिज्य संघसँग आवद्ध एक हजार तिन सय ६५ ब्यवसायी सदस्यहरु मध्ये बहुमत सदस्यहरुको प्रतिनिधीत्व रहने गरि विषम परिस्थीतिलाई मध्यनजर राख्दै फरक शैलिमा साधारण सभा सम्पन्न गरिएको हो । कार्यक्रममा सघंले आगामी आर्थिक वर्षका लागी अगाडी सारेको संगठानीक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ भने कोरना भाईरसका कारण ब्यवसायीहरुले भोग्नु परेका आर्थिक समस्याका बारेमा छलफल गरि ब्यवसाय उत्थानमा सहयोग पुग्ने खालका कार्यक्रम संचालन गर्न सम्वन्धीत निकायमा लभिङ गर्ने निर्णय गरेको संघका महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिनुभएको छ । संघका अध्यक्ष वलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष कृष्णहरि भण्डारी, संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचाय ,पुर्व अध्यक्षहरु सुमन भटराई, बाबुराम गिरी, लक्ष्मी प्रसाद त्रिपाठी र बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय लगायतले अहिलेको विषम परिस्थीतिमा ब्यवसायीहरुले भोग्नु परेका समस्या प्रति संघ गम्भिरता पुर्वक अगाडी वढेको धारणा राख्नुभएको थियो ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: