!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

बाबुराम गिरीको उमेदवारी दर्ता

LCCI News: Posted at 10/29/2020
...

लेखनाथ, १३ कार्र्तिक । नेपाल उद्योग वाणिज्य महासंघको ५४ आंै बार्षिक साधारण सभा तथा अधिवशनका लागि लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष एवं बरिष्ठ सल्लाहकार बाबुराम गिरीले गण्डकी प्रदेश केन्द्रिय सदस्य पदमा उमेदवारी दर्ता गराउनु भएको छ । महासंघको मंसिर ११, १२ र १३ मा काठमाडौमा हुने ५४ औ बार्षिक साधारण सभा तथा निर्वाचनका लागि गिरीले विहिबार लेखनाथ उद्योग बाणिज्य संघको सचिवालयबाट इमेल मार्फत आफनो उमेदवारी दर्ता गराउनु भएको हो । कोरोना भाईरसका कारण सवै जिल्ला तथा नगर उद्योग बाणिज्य संघबाट उमेदवारी दिन काठमाडौ नै जानु पर्ने बाध्यकारी अवस्थालाई मध्यनजर राख्दै निर्वाचन समितिले अनलाईनबाट नै उमेदवारी दर्ता गर्ने ब्यवस्था मिलाएकाले सोही अनुसार गिरीले गण्डकी प्रदेश प्रतिनिधी पदमा उमेदवारी दिनु भएको हो ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: