!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

नवलपुर,देवचुली र लेखनाथ उद्योग बाणिज्य संघ विच सहकार्य

LCCI News: Posted at 11/09/2020
...

लेखनाथ, २४ कार्तिक ।

 

नेपाल उद्योग बाणिज्य महासंघको ५४ औ बार्षिक साधारण सभा तथा निर्वाचनको सिलसिलामा लेखनाथ आईपुगेका नवलपुर, देवचुली उद्योग बाणिज्य संघ र लेखनाथ उद्योग बाणिज्य संघका बिच सहकार्य गर्ने सहमति भएको छ ।

 

आसन्न निर्वाचनको सिलसिलामा सोमवार सम्पन्न स्वागत तथा छलफल कार्यक्रममा तिनवटा उद्योग बाणिज्य संघका अध्यक्षहरुले आगामी दिनमा सहमती र सहकार्यका साथ अगाडी वढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

 

कार्यक्रममा बोल्दै देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा र नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले महासंघको चुनावले हामीहरुलाई एक आपसमा भट्ने र मित्रताको भाव बढाउदैं अनुभव साटासाट गर्ने अवसर प्रदान भएको र यो संम्वन्ध चुनावका लागि मात्र नभई आागामी दिनका लागी झन प्रगाण हुने विश्वास दिलाउनु भएको थियो । 

 

यसैगरिे लेखनाथ उद्योग उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले एकतामा नै बल हुने भएकाले एकताबद्ध भई उद्योगी ब्यवसायीहरुको हितमा काम गर्न यस्ता किसिमका भेटघाट तथा छलफल फलदायि हुने र यस कार्यक्रमबाट आफुहरुलाई हौसला र थप सहयोग मिलेको धारणा राख्नु भएको थियो ।

 

सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा महासंघको ५४ औं बाषर््िाक साधारण सभामा गण्डकी प्रदेश प्रतिनिधि केन्द्रिय सदस्य पदमा उमेदवारी दिनु भएका बाबुराम गिरीले यहाँहरुको साथ र सहयोगले आफुलाई थप जिम्मेवार बनाएकाले आगामी दिनमा यहाँहरुको सल्लाह र सुझाव अनुसार नै अगाडी वढ्ने विश्वास दिलाउनु भएको थियो ।

 

महासंघको यहि मंसिर ११, १२ र १३ मा काठमाडौमा हुने ५४ औ बार्षिक साधारण सभा तथा अधिबेसनका लागि चुनावी प्रचार प्रसारको अभियान तिव्रताका साथ अगाडी वढिरहेको छ ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: