!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

नवौं राष्ट्रिय कर दिवसको अवसरमा लेउवा संघमा कर शिक्षा

LCCI News: Posted at 11/22/2020
...

लेखनाथ,६ मंसिर ।

नवौं राष्ट्रिय कर दिवसको अवसरमा  शनिवार लेखनाथ उद्योग संघका ब्यवसायीहरुका बिच कर शिक्षा सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आन्तरिक राजश्व कार्यालय पोखराको आयोजना र लेखनाथ उद्योग बाणिज्य संघको ब्यवस्थापनमा भएको छौटौ दिनको कार्यक्रममा कर दर्ता तथा खारेजीको प्रक्रिया तथा कर तिर्ने तरिका र कर प्रणालीका बारेमा जानकारी गराईएको थियो ।

कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोख्ररेलले समयमा नै कर तिरी अनुशासित करदाताको रुपमा आफुलाई उभ्याएर राष्ट्र निर्माणको अभियानमा सहयोग गर्न अनुरोध गर्नु भएको थियो ।

साथै उहाँले  करदाताले समयमा नै आफुले तिर्नु पर्ने करको विवरण पेश गरेमा कार्यालयको तर्फबाट विभिन्न समयमा छुट र सहजिकरणको ब्यवस्था मिलाएको कुरा राख्दै चुस्त र दुरुस्त हिसाव राख्न नजान्दा पनि कति पय करदाताले भोग्नु परेका समस्य प्रति आन्तरिक राजश्व कार्यालय सहयोगीको रुपमा उभ्भीन तयार भएको जानकारी समेत गराउनु भएको थियो ।

सोही अवसरमा आन्तिरीक राजश्व कार्यालय पोखराका कर अधिकृत कर्मसिह लामाले कर शिक्षा अभियानका बारेमा जानकारी गराउनु भएको थियो भने अर्का कर अधिकृत गोपाल गिरीले प्रविधि मैत्री कर प्रणालीको उपयोग गरि समयमा नै कर तिर्ने बानीको सोच आउनु पर्ने सुझाव राख्नु भएको थियो ।

राजश्व परामर्श उप समितिका संयोजक रमानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संघका पुर्व अध्यक्ष  चतुराखर अधिकार,लक्ष्मी प्रसाद त्रिपाठी संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय लगायतले कर दाखिला गर्दा ब्यवासयीहरुले भोग्नु परेका समस्यहरुका बारेमा जानकारी गराउनु भएको  थियो ।

संघका प्रथम उपाध्यक्ष विनोद श्रेष्ठले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन महासचिव गोपिचन्द्र बास्तोलाले गरेका थिए । 

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: