!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

LCCI News: Posted at 12/27/2020
...

पौष १२, लेखनाथ नवलपुर उद्योग वाणिज्य संघ, देवचुली उद्योग वाणिज्य संघ र मध्येविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष एवं पदाधिकारीहरुलाई लेखनाथ उद्योग वाणिज्य संघमा आईतवार स्वागत गरियो । उक्त कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको चौथो प्रदेश सभा तथा दोस्रो अधिवेशनबाट नवनिर्वाचित हुनुभएका जिल्ला तथा नगर उपाध्यक्ष ओम प्रकाश पौडेल र कार्यकारिणी सदस्य धर्म बस्याललाई लेखनाथ उद्योग वाणिज्य संघले बधाई तथा सम्मान गर्दै सफलकार्यकालको शुभकामना दिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित उपाध्यक्ष पौडेलले ने.उ.वा.महासंघ गण्डकी प्रदेश भित्र रहेका समस्या, कार्यक्रम तथा गतिविधिलाई संस्थागत गर्दै अगाडि बढ्ने र गण्डकी प्रेदशमा रहेका उ.वा.संघका समस्यालाई सवैले एकजुट भई हलगर्दै जानुपर्ने बताउनुभएको थियो । सबैजनाको एकता र सामुहिक भावनाले आफुले विजय प्राप्त गर्न सफल भएको वताउनुभएको थियो । कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष दासुराज पोख्रेल, देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा, मध्येबिन्दु उद्योग वाणिज्य संघका अध्यक्ष केदार पराजुली, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले लेखनाथ र नवलपुरका सवै उद्योग वाणिज्य संघ सधैब एक आपसमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेे र व्यवसायीक हक हितका सवालमा अझ वढि संगठित हुँदै अगाडि वढ्नेमा जोड दिनुभएको थियो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश प्रतिनिधि बावुराम गिरीले गण्डकी प्रदेशमा रहेका सवै उद्योग वाणिज्य संघ एकजुट भई उद्योगी व्यवसायीका हरेक समस्या समाधानका लागी सवै एकजुट हुनुपर्ने बताउनुभएको उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले स्वागत गर्नुभएको थियो । सोहि अवसरमा लेखनाथ उद्योग वाणिज्य संघले देवचुली उद्योग वाणिज्य संघको बन्दै गरेको भवन निमार्ण सहयोगार्थ रु ५०,०००। र संघका पदाधिकारीहरुबाट करिब १ लाख नगद देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटालाई हस्तान्तरण गरेको छ ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: