!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेउवा संघको स्वागत तथा छलफल: शान्ति सुरक्षा विना आर्थीक क्रियाकलाप हुन सक्दैनन् ःडिएस पी मरासैनी

LCCI News: Posted at 01/25/2021
...

लेखनाथ,१२ माघ । ईलाका प्रहरी कार्यालय डाँडाकोनाकमा सरुवा भई आउनु भएका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासैनीले शान्ति सुरक्षा बिना कुनै पनि किसिमका आर्थीक क्रियाकलाप अगाडी वढ्न नसक्ने बताउनु भएको छ । लेखनाथ उद्योग बाणिज्य संघले सोमबार राखेको स्वागत तथा छलफल कार्यक्रममा बोल्दैे प्रहरी नायब उपरीक्षक मरासैनीले जाहाँ अशान्ति हुन्छ त्यहाँ कुनै प्रकारका उद्योग कलकारखाना संचालनमा बाधा ब्यवधानहरु सृजना हुने भएकाले ब्यवसायीमा शान्ति सुरक्षाको प्रत्याभुती गराउन आफु तयार रहेको प्रतिवद्धता जनाउनु भएको हो । लेखनाथ क्षेत्रको शान्ति सुरक्षामा कुनै किसिमको कमि आउन नदिने विश्वास ब्यत्त गर्दै डिएपी मरासैनीले बद्र्धी लगाएका सुरक्षा निकाय र बर्दी विनाका जनताका विच हातेमालो गर्दै नियम र कानुनको परिधिभित्र रहेर स्थानीयहरुलाई विना झन्झट सेवा प्रदान गर्ने प्रयास गर्ने र सम्पुर्ण स्थानीय संघ संस्था र नागरीकहरुको साथको अपेक्षा गर्नु भएको थियो । सोही अवसरमा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य तथा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बावुराम गिरीले आर्थीक लगानीको क्षेत्रमा शान्ति सुरक्षको महत्वपुर्ण भुमिका रहने भएकाले शान्ति सुरक्षामा खलल पु¥याउने शक्तिबाट होसियारी रहन आग्रह गर्नु भएको थियो भने संघका पुर्व अध्यक्ष बावुराम जमरकटेलले शान्ति सुरक्षाका सवालमा जनताको मन जितेर अगाडी वढ्नु पर्ने सुझाव राख्नु भएको थियो । संघका अध्यक्ष बलराम ढकालले यस क्षेत्रको शान्ति सुरक्षाको अवस्था र संघले समय समयमा सरकारी निकाय ल्याउनका लागि गरेको लविङका बारेमा जानकारी गराएको उक्त कार्यक्रमको संचालन महासचिव गोपिचन्द्र बास्तोलालले गरेका थिए भने धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गर्नु भएको थियोे ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: