!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

सहकारीहरुका लागी कर शिक्षासम्बन्धी प्रशिक्षण

LCCI News: Posted at 02/07/2021
...

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा लेखनाथ क्षेत्र भित्र रहेका सहकारीहरुका लागी लक्षित कर शिक्षा सम्बन्धी प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ ।

संघका सहकारी तथा वित्तिय संस्था परिचालन उप–समितिका संयोजक ईन्द्र ब. थापाको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रममा आन्तरीक राजस्व कार्यालय पोखराका कर अधिकृतहरु मदन ब. केसी र सुष्मा महतो ले करका विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा अनलाईनमार्फत कर दाखीला कसरी गर्ने, कोरोना महामारीका कारण व्यवसायमा परेका असरलाई सम्बोधन गर्दै राज्यले ल्याएको कर छुटका सुविधाहरु, समयमै कर नतिर्दा हुन सक्ने जरिवाना लगायतका विषयमा जानकारी दिईएको थियो ।

लेखनाथ क्षेत्रमा सञ्चालित विभिन्न सहकारीका प्रबन्धक र अध्यक्षहरुको सहभागिता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले कर कार्यालय पोखराले सेवाग्रहीहरुको सुविधाका लागी गरेको व्यवस्थापनको प्रशंसा गर्दै करका सम्बन्धमा राज्यले अहिले ल्याएको कर छुटको योजनाको भरपुर रुपमा उपयोग गर्न आग्रह गरेका थिए ।

 

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले कोरोना महामारीका कारण हरेक व्यवसाय असर पुगेको वताउँदै सहकारी क्षेत्रमा अहिले तरलता वढिरहेको र त्यसलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने वताएका थिए । अध्यक्ष ढकालले कोरोनाका कारण प्रदेश सरकारले बैंकहरुका लागी ल्याएको स्किम सहकारीहरुलाई पनि प्रदान गर्नुपर्ने वताएका थिए ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: