!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

पर्वत उवा संघको महिला उद्योमीलाई लेखनाथमा स्वागत

LCCI News: Posted at 02/07/2021
...

लेखनाथ,२४ माघ । पर्वत उद्योग बाणिज्य संघको महिला उद्योमीहरुको भ्रमण टोलीलाई सनिवार एक कार्यक्रमका विच लेखनाथमा स्वागत तथा सम्मान गरिएको छ । अध्यन अवलोकन भ्रमणको सिलसिलामा लेखनाथ आईपुगेको भ्रमण टोलीलाई लेखनाथ उद्योग बाणिज्य संघले स्वातग गर्दै ब्यवसायीक अनुभव साटासाट गरिएको हो । कार्यक्रममा बोल्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले दुई सस्थाका विच भाइचाराको सम्वन्ध विस्तार गर्दै ब्यवसायीक अनुभव र वजारीकरणको क्षेत्रमा पनि सहकार्य गर्दै अगाडी वढ्न सके दुवै क्षेत्रका महिला उद्योमीहरुलाई सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भएको थियो । सोही अवसरम भम्रण टोेलीका संयोजक तथा पर्वत उद्योग बाणिज्य संघ महिला उद्येमी सभापति माया गिरीले महिलाहरुको आय आर्जनमा सहयोग पुग्ने गरि स्थानिय स्रोत र साधनको प्रयोग गरि उद्योग कलकारखाना संचालनको अभियानमा लाग्नु पर्ने सुभाव दिनु भएको थियो । कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघ महिला उद्योमी परिचालन उप समितिका संयोजक मेनुका श्रेष्ठले दुई सस्थाका विचको सम्वन्धलाई आगामी दिनमा अझ वढि प्रभावकारी बनाउन सहकार्यको आवस्यकता औल्याउनु भएको थियो । उक्त कार्यक्रमको संचालन महासचिव गोपिचन्द्र वास्तोलाले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन संघकी कोषाध्यक्ष जानुका पराजुलीले गर्नु भएको थियो ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: