!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

कृर्षि मण्डीमा महिला ब्यवसायीको कोशेली घर

LCCI News: Posted at 02/18/2021
...

लेखनाथ,४ फागुन । लेखनाथ उद्योग बाणिज्य संघले तालचोकको महोत्सव स्थल परिसरमा निर्माण गरेको कृषि उपज खरिद विक्रि केन्द्रमा महिला ब्यवसायीहरुले कृषिमा आधारित घरेलु उत्पादनको कोशेली घर मंगलवार देखि संचालनमा आएको छ । लेखनाथ महिला ब्यवसायीको कृर्षि फर्म नाम दिएको कोशेली घरमा स्थानीय स्तरमा उत्पादित वस्तुको वजारीकरणमा सहयोग पुग्ने गरि विक्रि केन्द्र स्थापना गरि पसल संचालनमा ल्याईएको हो । श्रीपञ्चमीको पावन अवसर पारेर मंगलवार देखि सुरु भएको पसलको सुभारम्भ गर्दै प्राङगरीक खेती कृषि उद्यमी समुहकी अध्यक्ष मिना गुरुङले स्थानीय स्तरमा कृर्षिमा आधारित उत्पादनलाई ब्यवस्थित तरिकाले प्याकेजिङ गरेर बजारीकरण गर्ने हो भने महिलाहरुको आय आर्जनमा बृद्धि हुने र रोजगार पनि सृजना हुने विश्वास दिलाउनु भएको थियो । सोही अवसरमा पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडेरीयाले महिलाहरुको अग्रसरतामा कृषिलाई ब्यवसायिक बनाउन यो योजना फलदायी भएकाले महाशाखाको तर्फबाट सहयोग रहिरहने विश्वास दिलाउनु भएको थियो । कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले किसानहरुबाट उत्पादित वस्तुको संकलन गरि सिधै किसानबाट उपभोक्ता सम्म पु¥याउने उदेश्यले कृषि उपज खरिद विक्री केन्द्र स्थापना गरेको जानकारी गराउनु भएको थियो भने प्रधानमन्त्रि कृषि आधुनिक सुपरजोन कास्कीका प्रमुख अजय अधिकारीले महिलाहरु आफ्नो घरायसी काममा मात्र होईन आफुलाई स्वरोजगारी बनाउन कृषिमा आधारित उत्पादनको प्रवद्र्धनमा लाग्नु पर्ने सुझाव राख्नु भएको थियो । लेखनाथ उद्योग बाणिज्य संघ अन्तरगतको महिला परिचालन उपसमितिका संयोजक मेनुका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बावुराम गिरी, लक्ष्मीप्रसाद त्रिपाठी, गण्डकी प्रदेश महिला उद्यमी समिति सभापति रामकली खड्का, जिल्ला महिला उद्यमी अध्यक्ष काशी गुरुङ, समितिकी सल्लाहकार तारा शर्मा ढकाल लगायतले आर्थिक रुपान्त्रणका लागि महिलाहरु सामुहिक रुपमा अगाडी वढ्नु पर्ने आवश्कता रहेको विचार राख्नु भएको थियो । महिला परिचालन उपसमितिकी सहसंयोजक शान्ति खनालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन सदस्य सचिव बुद्धिमाया मगरले गरेकी थिईन । महिलाहरु मात्रको सामुहिक लगानीमा संचालीत पसलमा २५ जना उद्यमी महिलाहरुको संलग्नता रहेको छ ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: