!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेउवा संघले तोक्यो अधिबेशन मिति

LCCI News: Posted at 02/23/2021
...

लेखनाथ,११ फागुन । लेखनाथ उद्योग बाणिज्य संघको २५ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशन २०७८ भाद्र १८ र १९ गते हुने भएको छ । संघको मंगलवार बसेको कार्यसमितिको वैठकले सर्वसम्वत रुपमा छ महिना पछि साधारण सभा र अधिवेसनको मिति तय गरेको हो । चुनावी कार्यक्रम मार्फत नयाँ कार्यसमिति चयन गरिने भएकाले केही पहिले नै साधारण सभा र अधिबेसनको मिति तय गरिएको संघका अध्यक्ष वलराम ढकालले जानकारी दिनु भएको छ । संघको शंसोधित विधान अनुसार १ वर्ष नविकरण भएका सदस्यहरुले मात्र निर्वाचन कार्यक्रममा भाग लिन पाउने व्यवस्था भएको हुदां यहि २०७७ चैत मसान्त भित्र संघमा प्राप्त नयां सदस्यहरुले पनि निर्वाचन कार्यक्रममा भाग लिन पाउने निर्णय गरिएको छ । नयाँ साल २०७८ को वार्षिक क्यालेण्डर प्रकाशन गर्दा संघको साधारण सभा तथा अधिवेशनको मिति समेत समवेश गर्दा राम्रो हुने र अन्य कुनै संघ सस्थासँग पनि मिति नजुदोस भन्ने उदेश्यले तिथि मिति तय गरिएको हो । यसै गरि संघको बैठकले कोरना भाईरसका कारण यस वर्षको लेखनाथ महोत्सव गर्न नसकिएकाले आगामी साल १७ औं संस्करणको लेखनाथ महोत्सव, २०७८ साल पुस महिनामा गर्ने निधो समेत गरेको बताईएको छ । समाप्त

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: