!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेउवा संघले दियो मृत्युको राहत रकम

LCCI News: Posted at 03/15/2021
...

लेखनाथ,२ चैत ।

लेखनाथ उद्योग बाणिज्य संघले आफना सदस्यहरुको हक हितका सवालमा सहयोग पुग्ने गरि स्थापना गरेको राहतकोषबाट पोखरा –२७ का स्व. शेख वहादुर जिसीको परिवारलाई सहयोग गरेको छ ।

संघले ब्यवसायी सदस्यको हितका लागी समय समयमा पर्ने अकल्पनीय घटनालाई ध्यानमा राख्दै ब्यवसायी सदस्य कै मृृत्यु भएकामा रु पचाँस हजार र ब्यवसायी सदस्यका नजिका आफन्तको मृत्यु भएमा राहत स्वरुप पाँच हजार प्रदान गर्दै आएको छ ।

यसैक्रममा पोखरा –२७ शिसुवाका जि सी टेड्रसका संचालन ५७ वर्षिय शेख वहादुर जिसीको गत चैत २३ गते क्षत्रशक्ति बचत तथा ऋण सहकारी सस्थाको भ्रमणमा जादाँ अचानक ह्दयघात भई स्वर्गद्धारीमा असामायीक निधन भएपछि पिडित परिवारलाई राहत स्वरुप रु पचाँस हजार प्रदान गरिएको हो ।

स्वर्गीय परिवारको पिडामा समवेदना प्रकट गर्न पुगेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल, पुर्व अध्यक्ष बाबुराम गिरी र लक्ष्मी प्रसाद त्रिपाठी लगाएको एक प्रतिनिधी टोलीले आईतवार स्वर्गीय जिसीको घरमा नै पुगी छोरी प्रियड्ढा जिसीलाई सहयोग स्वरुपको चेक पुर्व स्वास्थ्य मन्त्रि तथा संघिय सासंद खगराज अधिकारीले प्रदान गर्नृु भएको हो ।

यस अघि संघले आफनै सदस्यहरुको दुःखद घटनामा परि ज्यान गुमाएका तिन जनाको परिवारलाई सहयोग गरिसकेको छ । स्वर्गीय जिसीका श्रीमती कृष्ण कुमारी जिसी,छोरा प्रसान्त जिसी, प्रकाश जिसी र छोरी प्रिय∙ जिसी रहनु भएको छ ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: