!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

निजी क्षेत्र राज्यको अभिन्न अंग हो ः प्रजिअ गौतम

LCCI News: Posted at 03/15/2021
...

लेखनाथ २ चैत । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले राज्य निर्माणको अभियानमा निजी क्षेत्रले खेलेको भुमिका महत्वपुर्ण भएकाले निजी क्षेत्र राज्यको अभिन्न अंग भएको बताउनु भएको छ । लेखनाथ उद्योग बाणिज्य संघले सोमवार राखेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रजिअ गौतमले सरकारले गर्नु पर्ने काम निजी क्षेत्रबाट भएकाले कानुनको परिधि भित्र रहेर ब्यापार ब्यवसाय गर्न समेत उहाँले आग्रह गर्नु भएको थियो । लगानीको वातावरण सृजना गर्ने काम राज्यको हो त्यसमा शान्ति सुरक्षा अपरिहार्य भएकोले ढुक्क भएर ब्यवसाय गर्नोस त्यसमा सरकारको सहयोग रहनेमा उहाँको स्पष्ट भनाई रहेको थियो । सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले संघले विकास निर्माणको क्षेत्रमा खेलेको भुमिका र यस क्षेत्रमा देखिएका समस्यहरुका बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा संघका पुर्व अध्यक्ष बावुराम गिरीले विकास निर्माणमा प्रशासनको भुमिका बारेमा चर्चा गर्नु भएको थियो भने संघका पुर्व अध्यक्ष चतुराखर अधिकारीले निजी क्षेत्र र सरकारका विचमा सहकार्य हुनु पर्नेमा जोड दिनु भएको थियो । संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव गोपिचन्द्र वास्तोलाले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गर्नु भएको थियो ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: