!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

मेडिकल कलेज बनाउने अभियानमा जुटौं ः उप कुलपति अर्याल

LCCI News: Posted at 03/17/2021
...

लेखनाथ,४ चैत्र ।

पोखरा विश्वविद्यालयका उप कुलपति प्रा.डा. प्रेम नारायण अर्यालले सवैको सामुहिक पहलमा मेडिकल कलेज बनाउने अभियानमा जुट्न अनुरोध गर्नु भएको छ ।

उप कुलपति अर्यालको सम्मानमा बुधवार लेखनाथ उद्योग बाणिज्य संघले राखिएको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले पोखरा विश्वविद्यालयले आफ्नै मेडिकल कलेज बनाउने भनेर शिलन्यास गरेपनि मेडिकल कलेज बन्न नसकेको बारेमा चिन्ता जाहेर गर्दैे अव समुदायको तर्फबाट पहल कदमी गर्नु पर्ने सुझाव दिनु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उप–कुलपति अर्यालले शैक्षिक संस्थानमा राजनितिक गतिविधि हुने गरेको बताउँदै राजनिति उच्च निति भएको र बिकास र शिक्षाका लागी राजनिति गर्न सुझाव दिनुभएको हो ।

अर्यालले आफु आएको ६ महिना बितिसक्दा पनि अझै रजिष्टार नियुक्ति हुन नसकेको वताउँदै यसका लागि आफुले प्रधानमन्त्री देखि नेताहरुको ढोकासम्म धाउँदा धाउँदा हैरान भएको वताउँदै अब अन्तिम विकल्पको रुपमा जनता उठ्नुपर्ने वताउनु भयो ।

आफ्नो कार्यकालमा विश्वविद्यालयको आफ्नै हस्पिटल खोल्ने आफ्नो सोच रहेको वताउँदै ७ वटै प्रदेशमा विश्वविद्यालयको आंगिक क्याम्पसको लागी समेत पहल गर्ने वताउनु भयो  ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले संघले लेखनाथ नगरपालिका हुदाँ देखि यस क्षेत्रको र्आिथक, सामाजिक तथा शैक्षिक विकासका लागि सरकारी निकायहरुसँग लभिङ गर्दै आएको धारणा राख्दै पोखरा विश्वविद्यालयमा देखिएको राजनितिक गतिविधिले पठन पाठनमा नै समस्या देखिएकाले यसमा सुधार हुनु पर्ने सुझाव राख्नु भएको थियो ।

सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले पोखरा विश्वविद्यालय स्थापना गर्नमा यस क्षेत्रका जनताको ठुलो सहयोग भए पनि सोचे अनुसारको काम हुन नसकेकाले पोखरा व्रिश्वविद्यालयले आफना गतिविधी संचालन गर्दा स्थानीयलाई प्रथामिकता दिनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष सुमन भट्टराई र संस्थागत विद्यालयहरुको तर्फबाट प्रेम प्रसाद शर्माले पोखरा बिश्वविद्यालय लेखनाथमा हुनु हाम्रो लागि गौरवको विषय भएकाले यसले आफनो योजना मुताविकको काम गर्न सक्नु पर्ने धारणा राख्नु भएको थियो ।

संघका महासचिव गोपिचन्द्र वास्तोलाले संचालन गर्नुभएकोे कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गर्नु भएको थियो ।  

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: