!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेउवा संघका पुर्व अध्यक्ष जमरकट्टेललाई सम्मान एवंम वधाई

LCCI News: Posted at 04/07/2021
...

लेखनाथ,२४ चैत्र । लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा सल्लाहकार बाबुराम जमरकट्टेललाई संघले मंगलवार एक कार्यक्रमका विच स्वागत एवंम वधाइ ज्ञापन गरेको छ । संघका पुर्व अध्यक्ष बाबुराम जमरकट्टेल नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनको केन्द्रिय सदस्य पदमा निविरोध निर्वाचित हुनु भएकोमा संघले उहाँको सफल कार्यकालको शुभकामना दिदै स्वागत एवंम वधाइ ज्ञापन गरेको हो । कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष जमरकट्टेलले लेखनाथ उद्योग बाणिज्य संघको पूर्व अध्यक्ष भएकै नाताले सो ठाउंमा पुग्न सफल भएकोमा खुशी ब्यक्त गर्दै पोखरा र विशेष गरि गण्डकी प्रदेश क्षेत्रका लागि आवश्यक पर्ने पेट्रोलियम पदार्थको भण्डार क्षमता बृद्धिका लागि केन्द्रिय तहसम्ममा लभिङ गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बावुराम गिरीले ब्यवसायीक सफलतासगै ब्यवसायीहरुको ब्यक्तित्व विकासमा संघले सहयोग गर्दै अगाडी वढ्ने धारणा राख्नु भएको थियो भने संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले ब्यवसायीक मर्यादालाई ख्यालमा राख्दै उपभोक्ताको हितमा काम गर्दै अगाडी वढ्नु पर्ने सुझाव राख्नु भएको थियो । सोही अवसरमा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष मोती प्रसाद पौडेलले सामाजिक संघ सस्थामा लागेपछि राष्ट्र निर्माणको अभियानमा सहयोग गर्ने अवसर प्राप्त हुने भएकाले आफु जहाँ रहिन्छ त्यसलाई आफ्नो कर्तब्य सम्झेर अगाडी वढ्नु पर्नेमा जोड दिनु भएको थियो । संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव गोपिचन्द्र वास्तोलाले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गर्नुभएको थियो ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: