!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेउवा संघ “ क” बर्गको उद्योग बाणिज्य संघका रुपमा सम्मानित

LCCI News: Posted at 04/12/2021
...

लेखनाथ,२९ चैत्र । लेखनाथ उद्योग बाणिज्य संघ नेपाल उद्योग बाणिज्य महासंघको ५५ औं बार्षिक साधारणमा गण्डकी प्रदेश अन्तरगतको ‟क” बर्गको उद्योग बाणिज्य संघका रुपमा सम्मानित भएको छ । महासंघको काठमाडौमा शनिवार भएको बार्षिक साधारण सभा तथा उद्योग बाणिज्य दिवसका अवसरमा प्रधानमन्त्री खड्क प्रसाद ओलीले लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाललाई ‟क” वर्गको उत्कृष्टताको प्रमाण पत्र प्रदान गरि सम्मान गर्नु भएको हो । वि.सं २०५४ सालमा स्थापना भएको लेखनाथ उद्योग बाणिज्य संघ विं सं २०५८ सालमा घ वर्गको उत्कृष्टता हात पारेको थियो भने वि.सं २०५९ देखि २०६१ सम्म ग वर्गको रुपमा पुरस्कृत हुदैं वि. सं २०६४ सालमा क वर्गको उद्योग बाणिज्य संघको स्थान कायम भएको यस संघले २०७५ सालमा पनि संघले नेपाल उद्योग वाणिज्य महासंघबाट नेपाल भरिका क वर्गका उद्योग वाणिज्य संघ मध्ये प्रथम स्थान हासिल गरेको थियो । त्यसैगरि लेखनाथ उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको चौथौ प्रदेश सभा तथा दोस्रो अधिवेशनबाट पनि गण्डकी प्रदेशबाट उत्कृष्ट संघबाट पुरस्कृत भई सम्मान पत्र र नगद पुरस्कार प्राप्त गर्न सफल भएको हो ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: