!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेउवा संघको ब्यवसायी प्रशिक्षण

LCCI News: Posted at 04/16/2021
...

लेखनाथ,१९ चैत्र ।

लेखनाथ उद्योग बाणिज्य संघले आफना ब्यवसायीहरुको ब्यापार ब्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने गरि ब्यवसाय सम्वन्धि प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।

आफनो कार्यक्षेत्रका सवै स्थानमा संघसंग आवद्ध र नयाँ ब्यवसायीहरुलाई सदस्यता नविकरण तथा नयाँ सदस्यता प्राप्तीका बारेमा जानकारी दिने उद्देश्यले पहिलो पटक पोखरा २७ को अर्घौचोक र रिठेपानीका ब्यवसायीहरुका विच छलफल तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

लेखनाथ उद्योग बाणिज्य संघको भदौमा हुने महाधिवेशनका लागि चैत्र मसान्त सम्ममा दर्ता भएका ब्यवसायीहरुले मतदानमा भाग लिन पाउने ब्यवस्था भए बमोजिम सो कुराको जानकारी दिनका लागि ब्यवसायी प्रशिक्षण गरिएको बताईएको छ ।

यसै विच पोखरा २६ र २७ ब्यवसायीहरुका लागि अर्घौचोकमा राखिएको कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष बलराम ढकालले ब्यवसायीमा पर्न सक्ने पिडा मर्का तथा ब्यवसायीक समस्याको समाधानमा संघ सहयोगी भएर अगाडी वढदै आएको जानकारी गराउदै आफ्नो ब्यवसायीको कार्य कु्शलताको लागि संघले तालिम तथा ब्यवसायीक प्रवद्र्धनका उपायका वारेमा जानकारी दिन तयार रहेको धारणा राख्नु भएको थियो ।

लेखनाथ उद्योग बाणिज्य संघको आब्हान र अर्घौ बजार ब्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रमा संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,उपमहासचिव उपेन्द्रराज सुबेदी (राजु), कार्यसमिति सदस्य ध्रुववावु भटराई, राधाकृष्ण अधिकारी र रामजी पौडेल लगाएतले संघले अगाडी सारेको कार्ययोजनाका बारेमा जानकारी गराउनु भएको थियो ।

अर्घौ बजार ब्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव धनश्याम ढुगानाले गरेका थिए ।

यसैगरि पोखरा २७ कै रिठेपानीमा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, महासचिव गोपिचन्द्र वास्तोला, कोषाध्यक्ष जानुका अधिकारी, सदस्य भीम वहादुर नेपाली काईला, निर्माण ब्यवासायी किसान गुरुङ लगाएतले ब्यवसायीहरुमा परेका समस्याहरु प्रति संघ उत्तरदायी भएको धारणा राख्नु भएको थियो । कार्यक्रम संघका साधारण सदस्य रामप्रसाद अधिकरीको अध्यक्षतामा भएको थियो ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: